रक्त सञ्चार केन्द्र बिरगंजमा ब्लड बैंक सफ्टवेयर तथा मोबाइल एप सुचारु

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाले आफ्नो ६१ औं स्थापना दिवसको अवसरमा एक कार्यक्रमका बिच ब्लड बैंक सफ्टवेयर तथा मोबाइल एप सुचारु गरेको छ।

सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै रक्त सञ्चार सेवालाई पनि अत्याधुनिक, व्यवस्थित, जवाफदेही, पारदर्शी तथा डिजिटल रुपमा सञ्चालन गर्न सफ्टवेयर र मोबाईल एप सञ्चालनमा ल्याइएको हो।

कार्यक्रमको उदघाटन गर्दै नेपाल रेडक्रस सोसाईटी पर्साका अध्यक्ष बिरेन्द्र राज कंडेलले सफ्टवेयर र मोबाईल एपले रक्त सञ्चार र रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने बिश्वास ब्यक्त गर्नु भएको छ ।

उहाले बिरगंजमा रगतको सहजताको लागी करिब ४ देखि ५ सय भन्दा बढी संघसंस्थाहरुले खेलेको भुमिका र नियमित रुपमा रक्त संकलन गरी महत्वपुर्ण भुमिका निर्वाह गर्ने सम्पुर्ण संघसंस्थाहरुलाई धन्यवाद दिदै यो सफ्टवेयर तथा मोबाइल एपबाट सहज ढंगले रगत ब्यवस्थापनमा मदत पुग्ने बताउनु भएको छ । उहाले आगामी दिनमा परिमार्जन र परिस्कृत गर्दै बिरगंज शाखाले ब्लड बैंक संग सम्बन्धित सम्पुर्ण काम सक्रियताका साथ गर्ने र पैसाको अभावमा रगतबाट वञ्चित हुन नपर्ने उल्लेख गर्दै रक्तदान सम्बन्धी अभियानमा सबैलाई जोडिन आग्रह समेत गर्नु भएको छ ।

नेपाल रेडक्रस सोसाईटी बिरगंज शाखाको अध्यक्ष बिरेन्द्र राज कंडेलले नेपाल रेडक्रस सोसाईटीले रेडक्रस भन्दा पनि समुदायसंग सरोकार राख्ने बिषय भएकोले समुदायका रेडक्रस ब्लड बैंक अन्तरगत रक्त संचार सेवालाई अत्याधुनिक प्रबिधि मैत्री बनाउने उदेश्यले ब्लड बैंक सफ्टवेयर तथा मोबाइल एप सुचारु गरेको बताउनु भएको छ ।

रक्त सञ्चार सफ्टवेयर अन्तरगत सम्पूर्ण डाटावेश, रक्तदान गरेका व्यक्तिलाई धन्यवाद,जन्मदिनमा शुभकामना सहित एसएमएस नोटिफिकेसन, स्वचालित बिलिङ सिस्टम र बिल प्रिन्ट गर्न मिल्ने, व्यक्तिगत युजर तथा पासवर्ड, ल्याब रिर्पाेट, डोनर कार्ड, डोनर सर्टिफिकेट तथा नगद भौचर ईमेलमार्फत पठाउन मिल्ने, डोनर सर्टिफिकेट प्रिन्ट गर्न मिल्ने,रगत एक्सपाइरी सिस्टम , अनलाईन एक्सेस,निरीक्षण र नियन्त्रण हुने,मोवाइल एप मार्फत रक्तदाताहरुले आफनो मोवाइलमा ब्यक्तिगत बिवरण हेर्न, डोनर कार्ड र सम्बन्धित पालिका अन्तर्गत रहेका रक्तदाताहरुको नाम ,सम्पर्क नम्बर उपलब्ध गराइने रक्त संचार केन्द्र बिरगंजका प्रमुख सौरभ राज पाण्डेले जानकारी दिनु भएको छ ।

उहाले यस भन्दा अघि गरिएका रक्तदानको बिवरण पनि सफटवेयरमा क्रमिक रुपमा अपडेट गरिने समेत बताउनु भएको छ ।

यस्तै गरी नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाका सभापति बिरेन्द्र राज कंडेलले बिरगंजमा सञ्चालनमा ल्याइएको सफ्टवेयर तथा मोबाईल एप नेपालमै दोस्रो भएको बताउनु भएको छ।

उहाले बिरगंजको कयौं महानगरपालिका एवम् गाउँपालिकाको प्रतिनिधिहरु संग समन्वय गरेर निशुल्क रगत उपलब्ध गराइरहेको बताउनु भएको छ । उहाले मोबाईल एपलाई थप व्यवस्थित र परिमार्जन गर्दै लैजाने बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...