पर्सागढिमा लैङ्गगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सागढी नगरपालिकाको आयोजनामा लैङ्गगिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्तर्गत लैङ्गगिक हिंसा निवारणका लागि स्थानीय सरोकारवालाहरु बीच १ दिने अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

‘हामी सबैको प्रतिबद्धता, लैङ्गगिक हिंसा अन्त्यका लागि ऐक्यबद्दता’ भन्ने मूल नाराका साथ पर्सागढी नगरपालिकाकी उपप्रमुख पूजा चौधरीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख गोकर्ण पाठकले लैङ्गगिक हिंसा अन्त्यका लागि सबैले आफ्नै घरबाट सुरु गर्नुपर्ने बताए । लिङ्ग कै आधारमा गरिने बिभेदका कारण अहिले गम्भीर समस्या आउने गरेको उनले बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाले लैङ्गिक हिंसा, महिला हिंसा, आर्थिक तथा समाजिक हिंसा, यौनजन्य हिंसा गरेमा त्यसको कसुर सजायको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिकिशोर चन्द्रवंशी लगायत वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...