बिरगंजका स्वतन्त्र श्रमजिबि वरिष्ठ पत्रकार सरोजसिंह खड्काको ६२ बर्षको उमेरमा निधन

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजका वरिष्ठ पत्रकार सरोजसिंह खडकाको ६२ वर्षको उमेरमा सोमबार राति निधन भएको छ।

बिरगंज महानगरपालिका वडा नं. १३ मुर्लीस्थित नयकाटोलास्थित आफ्नै निवासमा उहाँले अन्तिम सास लिनुभएको हो।

पत्रकारिता क्षेत्रमा लामो समयसम्म आफ्नो कलम चलाउँदै आएका खड्का  बिरगंजका विभिन्न पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजनमा संलग्न रहँदै आएका थिए। उहाँका दुई छोरा, दुई छोरी र श्रीमती छन्।
खड्का केही समयदेखि अस्वस्थ रहनुभएको थियो। नारायणी अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराएपछि उहाँ घरमै उपचार
गराइरहनुभएको थियो। उहाँको निधनसँगै पर्सा जिल्लाको सञ्चार क्षेत्रले एक अनुभवी पत्रकार गुमाएको छ।पारिवारिक स्रोतका अनुसार, खड्काको अन्तिम संस्कार आज बिहान बिरगंजको अशोक वाटिकास्थित श्मशानघाटमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...