बिरगंज ईनर्वाका ६७ जना महिला एवम् पुरुष विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिका वडा नम्बर १६ इनर्वामा भेटघाट दलित भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रममा ६७ जना स्थानीय महिला एवम् पुरुष विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छन।
बिरगंजको इनर्वामा जनमत पार्टीको भेटघाट दलित भेला कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय महिला र पुरुषले स्वेच्छाले जनमत पार्टीमा प्रवेश गरेका छन्।

कार्यक्रमको अध्यक्षता युवा नेता राज साहले गरेका थिए भने प्रमुख अतिथि जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ रहेका थिए। कार्यक्रममा केन्द्रीय सदस्य बिध्यालाल प्रसाद, नेतृ रम्भा मिश्रा, बिरगंज महानगर अध्यक्ष महादेव शर्मा, महानगर सचिव सहनवाज राकी, विद्यार्थी जिल्ला अध्यक्ष विवेक झा, नेताहरू बृजकिशोर कलवार र कृष्ण कुशवाहा लगायतको उपस्थिति रहेको थियो।नव प्रवेशीहरु सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

जनमत पार्टीप्रति स्थानीयहरूको आकर्षण र विश्वासले पार्टी संगठन विस्तारमा थप ऊर्जा मिल्ने पार्टीका नेताहरूले बताएका छन्। उपस्थित अतिथि नेताहरूले नवप्रवेशी सदस्यहरूलाई पार्टी सिद्धान्त र आगामी योजनाबारे जानकारी गराउँदै स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...