सशस्त्र प्रहरी बल , नेपाल मटिअर्वा बाराका सशस्त्र प्रहरी नायब उपरीक्षक बिदुर भट्टराईको टोलिद्वारा एक जनाको जिबितै उद्वार

Date:

अजित कुमार भुजेल , बिरगंज । सशस्त्र प्रहरी बल , नेपाल बाराद्वारा आत्महत्या प्रयास गर्ने एक भारतिय नागरिकको  जिबितै उद्वार गर्न सफल भएको छ ।

बारा जिल्ला कलैया उपमहानगर पालिका वडा न.१३ बलिरामपुर भन्ने स्थानमा बन्दै गरेको २४ मिटर अग्लो पक्की पानी ट्याङ्गिको सरचनामा सोहि ट्याङ्गि निर्माणमा मजदुरको रुपमा काम गर्दै आएका भारतीय नागरिक अन्दाजी बर्ष ३५/४० बर्षको धिरेन्द्र चौधरी करिब १७ मिटरको उचाईमा पानी ट्याङि निर्माणमा प्रयोग भएको बासमा डोरिको पासो लगाई आत्महत्या गर्न झुन्डिएको अवस्थामा  रहेको र निज सङ्गै काम गर्ने कामदारले देखे पछि स्थानीय बासिन्दाहरुलाई खबर गरि सोहि स्थान बस्ने एक व्यक्तिले निजको घाटिबाट डोरिको पासो खोलेको तर उद्वार गर्न नसकेर सोहि संरचनामा नै बेहोस अवस्थामा सुताई प्रहरी चौकि बसतपुरलाई खबर गरे  प्रच्यात जिल्ला प्रहरी कार्यालय बाराबाट उद्वारको लागि सशस्त्र प्रहरी बल , नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म माटिअर्वा बाराबाट सशस्त्र प्रहरी नायब उपरीक्षक बिदुर भट्टराईको कमान्डमा ५ जनाको मोबाइल गस्ती टोलि र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक राधेश खत्रीको कमान्डमा १० जनाको सन्युक्त टोलिले पानी ट्याङ्गिको संरचनामा प्रयोग गरिएको बास र प्लाईउडका टुक्रामा अडकिई बेहोस अवस्थामा उद्वार गरि उपचारको लागि राज्यलक्ष्मी अस्पताल कलैया बारामा पठाईएको र अहिले निजको अवस्था खतरामुक्त रहेको सशस्त्र प्रहरी बल नेपाल मटिअर्वा बाराका प्रहरी नायब उपरीक्षक बिदुर भट्टराईले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज पब्लिक कलेजको रजत जयन्ती सम्पन्न , ” २५ वर्षे शैक्षिक यात्रासँगै उत्कृष्ट जनशक्ति उत्पादनमा BPC अग्रणी”

पर्सा पोस्ट, असार १२ गते, वीरगञ्ज । वीरगञ्जमा स्थापित उत्कृष्ट...

गौतम माबिमा ” विद्यार्थी उपलब्धि सम्मान समारोह ” सम्पन्न

पर्सा पोस्ट , असार १० गते , वीरगञ्ज । वीरगञ्जस्थित...

प्रयास , धर्म र बिश्वासले सफलता सुनिश्चित गर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट । असार १० गते । रक्सौल, पूर्वी...