१७० किलो लागु औंषध गाजा सहित दुई पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । १७० किलो लागू औषध गाँजा सहित १ महिला र १ पुरूष गरी २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी निरीक्षक किसन बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले बारा जिल्ला कोल्हबी नगरपालिका वडा नं. ५ सोनाभार स्थित दिनदयाल चौधरीको घरमा लागू औषध गाँजा लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा निज दिनदयाल चौधरीको घरमा खानतलासी गर्दा रातो रंगको प्लाष्टिकले बेरी राखेको अवस्थामा २१ पोका १७० किलो लागू औषध गाँजा सहित २ जना मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहिको प्रकृया अगाडि बढाईएको छ।

पक्राउ पर्नेमा बारा जिल्ला कोल्हवी न.पा.०५ सोनाभार टोल बस्ने वर्ष ५० को रमोद चौधरी र अर्को निज दिनदयाल चौधरीको श्रीमति वर्ष ५२ कि मनमती देवी चौधरी रहेको बारा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश
सापकोटाले जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...