एलाईड युथ सोसाइटीको आयोजनामा गौतम माबिमा लागु औंषध तथा साईबर अपराध सम्बन्धि जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा जिल्लाको बिरगंज महानगरपालिका  स्थित गौतम मा. बी. मा शुक्रबारको दिन Allied Youth Society को आयोजनामा सामुदायिक प्रहरी साझेदारी तथा जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त  आयोजनामा लागु औषध तथा साईवर अपराध सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रम  वीरगंजको  गौतम मा. बी. मा सम्पन्न भएको थियो। सो कार्यक्रमका  प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक विजय चौहानको आतिथ्यमा सम्पन्न भएको थियो।
सो कार्यक्रमको अध्यक्षता कृपा चौहानले गर्नु भएको थियो भने सो कार्यक्रममा लागु औषध प्रयोग एवम् सेवनले के कस्ता हानी नोक्सानी हुन्छ भन्ने बारेमा खुलेर विद्यार्थी भाई बहिनीहरुलाई बुझाउनुको साथै प्रशिक्षण समेत दिईएको थियो।

साईवर अपराधबाट कसरी बच्नु पर्छ के के गरे भने साईवर अपराधबाट जोगिन सकिन्छ भन्ने बारे जनचेतनामूलक प्रशिक्षण समेत दिनु भएको थियो। सो कार्यक्रममा गौतम मा. बी.का विद्यार्थी भाई बहिनीहरु तथा शिक्षक शिक्षिका लगायतकाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

जिल्ला  प्रहरी कार्यालय पर्साबाट खटी गएका प्रहरी निरीक्षक विजय चौहान सहितको टोलीद्वारा कार्यक्रम सम्पन्न भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...