उपकार सेवा नेपालद्वारा वृद्धवृद्धा आश्रममा खाद्यान्न सामाग्रीहरु बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर १ स्थित भगवाननगरमा उपकार सेवा नेपालद्वारा वृद्धवृद्धा आश्रममा खाद्यान्न  सामाग्रीहरु वितरण गरिएको छ।  

सो वृद्धवृद्धा आश्रममा उपकार सेवा नेपालले हरेक महिना झैं  यस महिनामा पनि उपकार सेवा नेपालले खाद्यान्न तथा दैनिक उपभोग्य हुने सामाग्रीहरु वितरण गरेको हो।

खाद्यान्न  सामाग्रीहरु  चामल ,दाल, मसाला, बिस्कुट, चाउचाउ , नून , खानेतेल, सर्फ, फिनायल, हार्पिक, कपडा धुने एवं नुहाउने साबुन, डाईफर, चिउरा , आदि लगायत दैनिक उपभोग्य हुने सामाग्रीहरु आश्रमलाई प्रदान गरेको हो ।

सो खाद्यान्न सामाग्रीहरु आश्रमको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले आश्रमका सदस्य राम बहादुर थिङ्ग एवम् अन्य पदाधिकारी तथा आश्रमका पदाधिकारीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए।

उपकार सेवा नेपाल नामक संस्थाले कहिले अनाथ बालबालिका , गरिब , असहाय , अशक्त , अपांग , वृद्धवृद्धा आश्रम, स्कुल लगायतको लागि हरदम हरपल सहयोग गरि रहने एक मात्र संस्था हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

३० दिने नि:सुल्क सिलाई तालिम सम्पन्न : रक्सौलमा ५० महिलालाई आत्मनिर्भर बन्ने अवसर

पर्सा पोस्ट बैशाख ०२ गते, रक्सौल । भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा...

प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न , युवामा आत्मबिश्वास वृद्वि हुने अपेक्षा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगंज । बिरगंज जेसीजको सप्ताहव्यापी...

बिरगंजमा मानव अधिकार रक्षकहरुको अवस्थामाथि गहन छलफल , ” सेफ हाउस ” अभाव मुख्य चुनौती

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । मानव अधिकार रक्षकहरूको...

भारतीय नम्बर प्लेटका सवारीमाथि बिरगंजमा कडाइ : ११ चालक कारवाहीमा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय...