अजित कुमार भुजेल , बिरगंज । छिमेकि मित्र रास्ट्र भारतका भारत रत्न लौह पुरुष सरदार वल्लभ भाई पटेलको १४९ औं जयन्ती एवं अन्तर्राष्ट्रिय समारोह दिवस सम्पन्न भएको छ।
सो समारोह भारतको पुर्बी चंपारण सिकटा स्थित बलथरमा सम्पन्न भएको हो। सो कार्यक्रम बिहार सरकार राज्यको ग्रामीण बिकाश निगमको माननीय एवम् लोकप्रीय मन्त्री श्रवन कुमार पटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा विशिष्ट अतिथी भने बिहार सरकारको भवन निर्माण मन्त्री जयन्त कुशवाहा एवम् पटेल सेवा समितिका बलथर सिकटाका संयोजक धनेश प्रसाद पटेल लगाएतकाको उपस्थिति रहेको थियोे। भने कार्यक्रममा नेपालबाट सहभागी भएका बिरगंज पर्साका संतोषानंद महाराज ,बिनोद पटेल, बाके बिहारी पटेल,धर्मेंद्र पटेल, सामाजिक अभियंता एवम् संचारकर्मी कन्हैया पटेल, अभिलाष गुप्ता त्यस्तै रौतहटका पत्रकार अभिमन्यु पटेल लगायतलाई स्वागत तथा फूलमाला दोसला ओढ़ाई सम्मान गरिएको थियो। कार्यक्रममा वक्ताहरुको भनाई अनुसार सरदार वल्लभ भाई पटेल गरिबको मसिहा भनेर चिनिन्छन। उनले गरेका योगदानहरु थुप्रै छन।
सरदार बल्लभ भाई पटेलले भारतलाई एक जुट गर्न तथा किसानको हक अधिकारको लड़ाईमा प्रमुख भूमिका निर्वाह गरेको उनिहरुको भनाई थियो।कार्यक्रमको आयोजना पटेल सेवा समिति बलथर सिकटाले गरेका थिए भने कार्यक्रमको सहजीकरण मधुसूदन पटेलले गरेका थिए । कार्यक्रममा विभिन्न मिडियाका पत्रकारहरु एवम् समाजसेवीहरु गाउँका मानिसहरु आमनागरिकहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।