अजित कुमार भुजेल , बिरगंज । गरिमा बिकास बैंकले आफ्नो १८ औं वार्षिक उत्सव कार्यक्रम भब्यताका साथ आज सम्पन्न गरेको छ।
बैकको बार्षिकोत्सव कार्यक्रमको उद्घाटन बिरगंज महानगर पालिकाका उपप्रमुख ईम्तियाज आलमले गमलामा पानी हालि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।
स्याङ्जाको वालिङ् देखी स्यापना भईं निलगीरी विकास वैक, सूुमेक्षा विकास बैक र साहारा बिकास बैकलाई एकीकृत गरि गरिमा बिकास बैंकको स्थापना गरेको थियो। अहिले १२४ वटा स्थानबाट सेवा प्रदान गदै आइरहेको छ। गरिमा विकास बैकको १८ औ बार्षिक उत्सवको अवसरमा बिरगंज शाखा कार्यलयमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।
सो रक्तदान कार्यकममा १५ जना महिला तथा ५० जना पुरुष गरी कूल ६५ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्ने दाता हरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। उक्त कार्यकमका प्रमख अतिथि विरगंज महानगर पालिकाका उपप्रमुख इम्तियाज आलमले आफ्नो मन्तव्य राख्दै गरिमा बिकास बैंकले आफ्नो १८औं वार्षिक साधारणसभामा रक्तदान कार्यक्रमको आयोजना गरेकोमा हृदय देखि धन्यवाद दिदै समाजिक कार्यमा हातोमालो गरि अगाडि बढेकोमा मलाई बिश्वास छ कि बिरगंज महानगर बासीहरु लाई सहुलियत ढंगले कर्जा प्रवाह गर्नु हुने छ। जनताको पिर मर्का बुझी चाहिने ब्यापारीहरुलाई सहुलियत रुपमा कर्जा प्रवाह गर्नु हुने बिश्वास लिएको बताए।
आउने दिनमा गरिमा बिकास बैंकलाई कुनै समस्या परेमा म काहा आए हुन्छ। तपाईहरुलाई महानगरले सक्दो सहयोग गर्ने छ। म बिश्वास लिएको छु कि गरिमा बिकास बैंकले महानगर पालिका संग हातोमालो गरि समाजिक कार्यमा अघिबढने बताए ।
उक्त कार्यक्रमको अध्यक्षता गरिमा बिकास बैंकका शाखा प्रबन्धक राजिब कुमार रहनु भएको थियो भने विशिष्ट अतिथिमा गरिमा बिकास बैंकका क्षेत्रीय प्रबन्धक दयाकान्त साह, प्रतिष्ठित उधोगपती मुरलीधर रुगंटा , अतिथिहरु मा नेपाल पत्रकार महासंग पर्साका उपाध्यक्ष युवराज खडका तथा बैकका निक्षेपकर्तां, ऋणी, उधोगी व्यवसायी, विभिन्न बैक तथा वितिय संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।