अजित कुमार भुजेल , बिरगंज ।सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको बिरगंज महानगरपालिका श्रीपुर स्थित दिव्य विकास स्रोत केन्द्र र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा साईवर अपराध सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
सो कार्यक्रम दिव्य विकास स्रोत केन्द्र वीरगंजको सभा हलमा संस्थाकाे सम्पर्क कार्यालय वीरगंज श्रीपुरमा सम्पन्न भएको थियो।
सो कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका निरीक्षक विजय चौहानको आतिथ्यमा सम्पन्न भएको थियो भने दिव्य विकास स्रोत केन्द्रका अध्यक्ष उमेश चौहानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
सो कार्यक्रममा साईवर अपराधबाट कसरी बच्नु पर्छ के के गरे भने साईवर अपराधबाट जोगिन सकिन्छ भन्ने बारे जनचेतनामूलक प्रशिक्षण समेत दिनु भएको थियो।
सो कार्यक्रममा दिव्य विकास स्रोत केन्द्र वीरगंजका रामाकन्त प्रसाद कुर्मी , गणेश बहादुर ठकुरी लगायतकाहरुको एवम् दिव्य विकास स्रोत केन्द्रका कर्मचारी एवं पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटी गएका प्रहरी निरीक्षक विजय चौहान सहितको टोलीद्वारा कार्यक्रम सम्पन्न भएको थियोे ।