ट्राफिक प्रहरीको दादागिरी विरुद्ध कानुनका विद्यार्थी विवेक चौधरीद्वारा उच्च अदालत पाटनमा मुद्दा , ट्राफिक सङ्ग माग्यो लिखित जबाफ

Date:

अजित कुमार भुजेल , बिरगंज । ट्राफिक प्रहरीले गाडीको चावी जबरजस्ती निकाल्ने गरेको विरुद्द परेको मुद्दामा उच्च अदालत पाटनले ट्राफिकसँग माग्यो लिखित जवाफ ।

मनमानी रूपमा सबारी चालकको चाबी खोस्ने, जबरजस्ती निकाल्ने जस्तो कार्य गरिनु गैर कानूनी भएको भन्दै कानूनको विद्यार्थी विवेक चौधरीले नेपाल प्रहरी प्रधान कार्यालय समेतलाई विपक्षी बनाई उच्च अदालत पाटनमा दायर गर्नु भएको रिटमा मा.न्या. श्री टंक प्रसाद गुरुङ्गको एकल इजलासले सुनुवाई गरेको थियो।

प्रहरीले सबारी चालकको गाडीको चाबी खोस्न वा जबरजस्ती रुपमा निकाल्ने जस्तो कार्य गर्न मिल्छ भनेर उलेख गरेको अवस्था नभएको र प्रहरीले प्राप्त गरेको कानून बमोजिमको अधिकार भन्दा बढी अधिकार प्रयोग गरी आफ्नो अधिकार क्षेत्र नाघी हुदै नभएको अधिकार प्रयोग गर्ने गरेको कार्य गैर कानूनी रहेको भन्दै विद्वान अधिवक्ता रामप्रवेश यादव ज्यू निवेदकको तर्फबाट उपस्थित भई बहस गर्नु भएकोलाई समर्थन गर्दै आईतबार न्यायधिस श्री टंक प्रसाद गुरुङ्गको इजलासले विपक्षीहरु नेपाल प्रहरी प्रधान कार्यालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग लिखित जवाफ मागेको छ।

सोही निवेदनमा निवेदकले माग गरेको अन्तरिम आदेशको सम्बन्धमा भने मंसिर ३ गतेको लागी छलफल मिति तोक्न आदेश दिएको अधिवक्ता रामप्रवेश यादवले पर्सा पोस्ट डट कमलाई जानकारी दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...