अजित कुमार भुजेल , बिरगंज । छटपुजा व्यवस्थापन समिति घडीअर्वाको लक्की ड्रको चिठ्ठा नतिजा सार्वजनिक गरिएको छ ।
बिरगंज घडिअर्वा पोखरी परिसरमा आज छठ पुजा व्यवस्थापन समिति घडिअर्वा पोखरीद्वारा आयोजना गरिएको चिठ्ठा परेको व्यक्तिहरुलाई बिरगंज महानगरपकलिका वडा नं १० का वडा अध्यक्ष सुशिल साह कानुले पुरस्कार बितरण गरेका थिए।
लक्की ड्रको नतीजा अनुसार ६६४२ नम्बरकाले प्रथम पुरस्कार घडिअर्वा स्थित बिकास गुप्तालाई ईलेक्ट्रीक स्कुटि प्राप्त गर्न सफल भएको छ भने ११९८ नम्बरकाले दोश्रो पुरस्कार एल.सि.डी टिभि एवम् २४२६ नम्बरकाले तेश्रो पुरस्कार फ्रीज प्राप्त गरेको छ ।
आज घडीअर्वा पोखरी परिसरमा आयोजित छठ पुजाको समापन समारोहमा लक्की ड्रको नतीजा सार्वजनिक गरिएको थियोे । घडिअर्वा छठपूजा व्यवस्थापन समितिका अध्यक्ष दिलिप कुमार साह कानु, उपाध्यक्ष राकेश कुमार साह,समितिका निवर्तमान अध्यक्ष रामनगिना साह कानू,सचिव लखनलाल गुप्ता, कोषाध्यक्ष कन्हैयालाल गुप्ता,सदस्य नन्दु साह कानु,छठ पुजाका सुरक्षा समितिका संयोजक मनोहर साह,प्रचार प्रसार समितिका संयोजक क्रान्ति साह,उप-संयोजक प्रणय साह लगायतकाको उपस्थिति रहेको थियोे भने घडिअर्वा स्पोटर्स क्लबका अध्यक्ष सन्तोष गुप्ताको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।