अजित कुमार भुजेल , बिरगंज । आदर्श थारु छात्राबासको चौथो साधारणसभा आज सम्पन्न भएको छ ।
बिरगंज वडा न.५ कुम्हालटोल स्थित आदर्श थारु छात्राबासको आफ्नो भवनमा भएको साधारणसभा छात्राबासका अध्यक्ष रामकृष्ण चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशको गृह , कानुन तथा सन्चार मन्त्री माननिय राजकुमार लेखिले आदिवासी जनजाति थारु समुदाय आफ्नै कारणले पछाडी परेको बताए ।
संविधानले दिएको अधिकार सदुपयोग गर्न नसकेको भन्दै आफ्नो भाषा , सस्कृति , पहिचान , धर्म र अधिकार पाउनु पर्ने सेवा सुबिधाबाट अहिले पनि बन्चित रहेको बताउदै , तिनै सरकारको जिम्मेवारी हो , शिक्षा , स्वास्थ्य , बास , कपास र बसोबास यस बिषयमा किन आवाज उठाउदैन्न , बि.स. २००९ सालमा स्थापना भएको आदर्श छात्राबास अहिले जिर्ण अवस्थामा छ , यहा बसेर पढने मानिस ठुल्लठुल्ला पदमा पुगि सके तर छात्राबास अवस्था जिउको तिउ रहेको बताए।
हामिसङ्ग भएको सम्पत्तिको उचित उपयोग भएन , महिनाको लाखौं भाडा आउछ तर पनि सरसफाइ र उचित व्यवस्थापन नभएको मैले देखि यसमा पनि सुधार हुनु जरुरी भएको भन्दै आफुले शिक्षामन्त्री हुदा बजेट बिनियोजित गरेको भन्दै आफुकहा बजेट बनाउने बेला कसैले नभनेको भन्दै आगामि दिनमा यस छात्राबासको लागि बजेट बिनियोजन गर्ने बताए ।
यस छात्राबासमा भवन बनाउदा दीर्घकालिन हुनु पर्ने , ईन्जिनियरको सल्लाह र मापदण्ड अनुसार बनाउनु पर्नेमा जोड दिएका थिए ।
सो कार्यक्रममा बिशिस्ट अतिथि थारु कल्याणकारी सभाका केन्द्रिय संरक्षक अमृत प्रसाद थारु , संविधान सभा सदस्य जयप्रकाश थारु , बारा क्षेत्र न. ४ क का प्रदेश सान्सद देवनारायण चौधरी , प्रदेश सभा सदस्य बिना शर्मा , कोल्हबि नगर पालिकाका मेयर राम प्रसाद चौधरी , उपमेयर लक्ष्मी चौधरी , था. क . स. के. सदस्य हिर्दय नारायण चौधरी लगायतका केन्द्रिय सदस्यहरुले नया चयन हुने नेतुत्वबर्गहरुलाई बधाई तथा सुभकामना समेत दिएका थिए ।
त्यसैगरि बारा, पर्सा र रौतहटका विभिन्न थारुहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित समेत गरिएको थियो ।
त्यसैगरि चौथो साधारणसभाबाट शेखर चौधरीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति निर्बिरोध निर्वाचित भएको छ ।
त्यसैगरि उपाध्यक्षमा ललिता चौधरी , सचिवमा अमृतलाल चौधरी , कोषाध्यक्षमा हिर्दय नारायण चौधरी , सदस्यहरुमा वेदमन दास थारु , कमल महतो थारु , दिपेन्द्र प्रसाद चौधरी , जगनारायण प्रसाद चौधरी , मिना कुमारी चौधरी , ढोढाई चौधरी र अनुठा धामि निर्वाचित भएका छन् ।
सो कार्यक्रमको स्वागत मन्तव्य सुकल चौधरीले र कार्यक्रम सन्चालन उपेन्द्र चौधरीले गरेका थिए ।