अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिका वडा नम्बर १४ बहुअरीमा मुस्लिम समुदायको लागि नवनिर्मित विवाह भवनको उद्घाटन सम्पन्न भएको छ।
सो उद्घाटन कार्यक्रममा जनता समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदिप यादवको प्रमुख आतिथ्यमा एवम बिरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंहको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। संसदीय पुर्वाधार विकास कोष एवं बिरगंज महानगरपालिकाको सहकार्यमा नवनिर्मित बिवाह भवन उद्घाटन सम्पन्न भएको थियोे ।
मुस्लिम समुदायको लागि नवनिर्मित विवाह भवनको उद्घाटनको अवसरमा जसपाका नेता तथा पुर्व प्रदेश सांसद जनत अंसारी , जिल्ला समन्वय समिति का पुर्व प्रमुख नेक महम्मद अंसारी , मधेश प्रदेश सरकारका उर्जा , सिंचाई एवम् खानेपानी सचिव जकि अहमद अंसारीको उपस्थितिमा सो विवाह भवनको उद्घाटन भएको थियोे भने विवाह भवनले मुस्लिम समुदायका सांस्कृतिक, धार्मिक तथा सामाजिक कार्यक्रमहरू गर्नलाई महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
सो कार्यक्रममा जनता समाजवादी पार्टीका वीरगंज महानगरका अध्यक्ष ईश्वर चन्द्र यादव वार्ड न.१४ का अध्यक्ष महबूब एलाही , जसपा १४ का ईकाई अध्यक्ष रफिक अंसारी लगायतकाको उपस्थिति एवम् बहुअरीवासी , समाजसेविहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।