अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिका तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र साहिब दरबार वीरगंज पर्साको संयुक्त आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
साहिब दरबारकाे पाँचौ वार्षिकोत्सवको अवसरमा आयाेजित वृक्षारोपण कार्यक्रम बिरगंज महानगर पालिका वडा न.१६ स्थित नया बसपार्कमा साहिब दरबार सस्थाका अध्यक्ष उमेशलाल सहनिको अध्यक्षतामा तथा पुजनिय सरकारजि महाराज जि को प्रमुख आतिथ्यमा एवं बिरगंज महानगर पालिका मेयर राजेशमान सिंहको विशेष उपस्थितिमा विभिन्न जातजातिका २५० वटा बोट बिरुवा रोपिएको ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनु भयो ।
सो बृक्षारोपण कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका बिरगंजका महावाणिज्यदुत देबिसहाय मिना, सशस्त्र प्रहरी बल नेपाल हे. क्वा. १३ न. गण बिरगंजका उपरीक्षक राधेश्याम धिमाल , बिरगंज वडा न. ५ का वडा अध्यक्ष प्रदीप चौरसिया , वडा न.१० का वडा अध्यक्ष सुशील कुमार कानु , ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, सदस्य रतन टेमानि , सुशिल कादमिया , चन्द्र अग्रवाल , कैलाश बजाज , बिकास रुङ्गटा , बिरगंज युवा समाजका सस्थापक अध्यक्ष कमल चौगाई , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौगाई , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट , प्रहरी चौकि बसपार्कका प्रहरी वरिष्ठ नायब निरीक्षक लतिफ अन्सारी , सन्चारकर्मि सुस्मिता यादब , ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी वरिष्ठ हवल्दार बिबेक राउत कुर्मी , प्रबह प्रेम राम र प्रहरी जवान अम्मर सिंह साउद लगायतकाे पनि सहभागीता रहेको थियो।