अजित कुमार भुजेल , बिरगंज । बिरगंज कपडा बैंकद्वारा शुक्रबार बिरगंजको घण्टाघरमा नियमित नि:शुल्क कपड़ा वितरण गरेको छ।
प्रत्येक दिन आइतबार देखि शुक्रवारसम्म बिहान १०.३० देखि ५ बजेसम्म आफ्नो कार्यालय बिरगंज वडा न. ८ बाट गरीब असहायलाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शुक्रबार बिरगंजको घण्टाघरमा नया पुराना गरि करिब ८५० थान कपड़ा वितरण गरिएको बैंकका सचिव कन्हैया पटेलले जानकारी दिनुभयो ।
बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि , सल्लाहकारहरु अधिवक्ता पन्नालाल गुप्ता,अधिवक्ता प्रकाश उपाध्याय, जनमत पार्टीका पर्सा अध्यक्ष ओम प्रकाश सरार्फ , समाजसेवी हुकुम सिंह राजपुत, सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका सचिव श्रवण रायमाझी,संस्थाका उपाध्यक्ष मोनिका सिंह ,सदस्यहरु संजय मंडल,जानकी देवि,नवराज भट्टराई , अभिलाष गुप्ता,शोभा देवी, पत्रकार अजित भुजेल ,घण्टाघर प्रहरी पोस्टका प्रमुख असइ राजेश मिश्रा ,सन्जु साह लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहायको सेवा सहयोग गर्ने उद्देश्य बोकि ” जो संग धेरै कपडा छ दिएर जानुस र नहुने वा आवस्यकता हुनेले निशुल्क लिएर जानुस ” को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ६ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत आगलागी बाढी जस्ता बिपत्तिमा पिडितहरुलाई उनिहरुकै घर आगनमै पुगेर लत्ताकपडाको साथै अन्य सहयोग पुर्याएर सेवा गर्दै आइरहेको बताए ।
हामी सम्पुर्णले आआफ्नो आम्दानिको ५ देखि १०% रकम समाजिक सेवामा दिन दुखी असहायको सेवा सहयोगमा खर्चिनु पर्ने बानी बसाल्न आग्रह गर्नु हुँदै बिरगंज कपडा बैंकको नेक कार्यलाइ सहयोग गर्ने सम्पुर्ण दाताहरु सुभेच्छुकहरु, सन्चारकर्मिहरु , संस्थाका सल्लाहकारहरु ,पदाधिकारी सदस्यहरु लाई हार्दिक आभार समेत प्रकट गर्नु भएको बैंकका अध्यक्ष लालबाबु सिंहले बताए ।