पत्रकार तामाङलाई लक्षित गरि अपशब्द प्रयोग गर्नेमाथि कार्वाही गर्न फाेनिजको माग

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फिनिज) मधेश प्रदेश समितिकाले प्रदेश महासचिव एवम् न्यूज टुडे दैनिक पत्रिकाका कार्यकारी सम्पादक बृजमान तामाङलाई समाचार लेखेकै निहुँमा सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर १ स्थित कन्छु नरप्रताप माध्यमिक विद्यालय रायपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गानन्द ठाकुर र रुपनी गाउँपालिकाका निवर्तमान वडा अध्यक्ष पिताम्वर यादवले सामाजिक संजालमा लेखेको आपत्तिजनक शब्दप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको  छ ।

प्रदेश अध्यक्ष दुष्यन्त चौधरीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै ठाकुर र यादवले सामाजिक संजालमा लेखेको आपत्तिजनक शब्दप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

“समाचार  लेखेको निहुँमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर र निबर्तमान वडा अध्यक्षले सामाजिक संजालमा लेखेको आपत्तिजनक शब्दप्रति  हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।” अध्यक्ष चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सामाजिक संजालमा लेखिएको आपत्तिजनक शब्दप्रति निन्दा व्यक्त गर्दै फोनिज प्रदेश समितीद्वारा जारी प्रेस विज्ञप्तिमा ठाकुर र यादवले लेखेको शब्दप्रति घोर निन्दा एवम् भर्त्सना गर्दै दोषी उपर कडा कारबाहीको माग समेत गरेको छ ।

“मिति २०८१/५/१४ गते पत्रकार तामाङले ‘ठाकुरलाई सोझै भुक्तानी,लाखौ अनियमितता गरेको ठहर’ शिर्षकमा लेखेको समाचारमा सम्बन्धित पक्षको प्रतिक्रिया समावेश हुँदाहुँदै पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर र निवर्तमान वडा अध्यक्ष यादवले सामाजिक संजालमा लेखेको आपत्तिजनक शब्दप्रति फोनिज प्रदेश समिति घोर निन्दा एवम् भर्त्सना  गर्दै  दोषीउपर कारवाहीको माग  गर्दछ ।” विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समयमा पत्रकारहरुमाथि  दुर्व्यवहार तथा आक्रमणको घटना बढेको प्रति चिन्ता व्यक्त गर्दै यसलाई तत्काल रोकन जोडदार माग राख्दै फोनिजद्वारा जारी विज्ञप्तिमा सुनुवाइ नभए कडा संघर्षमा जान बाध्य हुने चेतावनी समेत दिइएको छ ।

“पछिल्लो समय यहाँका पत्रकारहरुमाथि दुर्व्यवहार, समाचार छापिएका पक्षबाट अपशब्दको प्रयोग जस्ता घटनाक्रम बढ्दो रहेकोले यसलाई तत्काल रोक्न पनि फिनिज, मधेस प्रदेश समिति  विज्ञप्तिमार्फत जोडदार माग गर्दछ ।”

विज्ञप्तिमा भनिएको छ,”साथै, आगाडी दिनमा यस्ता खालका घटना हुन नदिन राज्यका सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गर्दै अन्यथा कडा संषर्घमा जान बाध्य हुने चेतावनी समेत दिन चाहन्छौं।”

यसैगरी प्रेस मञ्च नेपाल सप्तरीले समेत प्रेस विज्ञप्ति जारी गर्दै घटनाको घोर निन्दा गरेको छ । अध्यक्ष भूषण कुमार सिंहले शुक्रबार प्रेस विज्ञप्तिजारी गर्दै मञ्चका केन्द्रीय सदस्य बृजमान तामाङमाथि भएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेको छ ।

यस्तै पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य अबधेश कुमार झा, सप्तरी शाखा सचिब रामनारायण विश्वासलगायतका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले तथा नागरिक समाजका अगुवाहरुले  पत्रकार तामाङको नामै किटेर अपशब्द प्रयोग गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाउंँदै आपत्ति व्यक्त गरेका छन्।

पत्रकार तामाङले महालेखा परिक्षकको प्रतिबेदनको  आधारमा न्यूज टुडे दैनिक पत्रीकामा शुक्रबार ठाकुरले गाउँपालिकाबाट आफ्नो निजी खातामा सोझै भुक्तानी  लिएको विषयमा समाचार प्रकाशित गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...