स्व. सुबोध स्मृति कृयाशिल पत्रकारिता पुरस्कार पर्साकि महिला पत्रकार बिमला गुप्तालाई प्रदान

Date:

अजित कुमार भुजेल , बिरगंज ।बिरगंजबाट प्रकाशित हुने “क” बर्गको  दैनिक पत्रिका प्रतीक दैनिक ३७ बर्ष पुरा गरि ३८ औं बर्षमा प्रबेश गरेकाे अवसरमा विभिन्न पत्रकार र कर्मचारीहरूलाई सम्मान गरेकाे छ ।

प्रतिक दैनिक पत्रिकाको वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको स्व. सुबोध स्मृति कृयाशिल पत्रकारिता पुरस्कार यस पटक पर्सा जिल्लाकी महिला पत्रकार विमला गुप्तालाई प्रदान गरिएको छ ।

गुप्तालाई प्रमुख अतिथि बिरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले रु. ५१ हजार नगद राशि सहित  दोसल्ला ओढाएर र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए ।

त्यसैगरि प्रतीक दैनिककै ग्रामिण संवाददाता धर्मेन्द्र चौरसियालाई उत्कृष्ट संवाददाताको रूपमा रु. १५ हजार नगद  राशी, स्तम्भकार कुमार रूपाखेतीलाई रु. १० हजार र प्रतीक दैनिकका कर्मचारी महमद तबरेज हवारीलाई रु. ५ हजार नगद राशी सहित पुरस्कृत भएको प्रतिक दैनिकका सम्पादक शत्रुघन नेपालले जानकारी दिनुभयो ।

प्रतिक दैनिकका प्रधान सम्पादक जगदिश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोध कुमार गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइराला, समाजसेवी श्याम पोखरेल लगायतको उपस्थिती रहेको थियो  ।

बिरगंज वडा न.१५ लक्ष्मणवा स्थित ज्येष्ठ नागरिक पार्कमा भएकाे कार्यक्रमकाे संचालन प्रतिक दैनिकका सम्पादक प्रताप श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...