” जहा समस्या हुन्छ , त्यहा समाधान सहित सानो पाईला पुग्छ ” कानुन मन्त्री चौरसिया

Date:

अजित कुमार भुजेल , बिरगंज । सानो पाइलाद्वारा संचालित परियोजना स्कुल अफ वुमन्स अन्टरप्रेनरसिप अन्तर्गत ललितपुरमा सुरू भएको हस्तनिर्मित गरगहना बनाउने तालिमको आज औपचारिक उद्घाटन भएको छ।

साथै, तालिम अन्तर्गत आधारभूत प्रयोगात्मक सत्रमा सहभागी प्रशिक्षार्थीहरूले बनाएका गहनाहरूको प्रदर्शनी पनि उद्घाटन स्थलमै आयोजना गरिएको थियो।

उद्घाटन तथा पहिलो प्रदर्शनीका प्रमुख अतिथि कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले महिलाहरूलाई सीप सिकाएर उद्यमी बनाउने सानो पाइलाको प्रयासको सराहना गर्नुभयो।

‘जहाँजहाँ समस्या हुन्छ, त्यहाँत्यहाँ सानो पाइला समाधान सहित पुगेको मैले पाएको छु। दुर्व्यसनमा फसेका युवाहरूलाई पुनर्स्थापना गर्ने काम होस् वा अपराधमा फसेका युवाहरूलाई सुधारको बाटो देखाएर समाजमा घुलमिल बनाउने सवालमा होस्, सानो पाइलाले धेरै नै उल्लेख्य कामहरूको इतिहास बनाएको छ।’ , मन्त्री चौरसियाले सानो पाइलाको इतिहासबारे चर्चा गर्दै भन्नुभयो- ‘अहिले दिइँदैगरेको यो हस्तनिर्मित गहना बनाउने तालिमपछि प्रशिक्षार्थीहरू आत्मनिर्भर र स्वाबलम्बी बन्ने मलाइ विश्वास छ।’

त्यस्तै प्रदेश सांसद श्याम पटेलले कोरोनाकालमा सानो पाइलाले अद्भूत काम गरेको आफूले प्रत्यक्ष देखेको भन्दै प्रशंसा गर्नुभयो। सानो पाइलाले गरेको काम सफल हुनेमा दुइमत नरहेको भन्दै प्रदेश सांसद पटेलले अगाडि भन्नुभयो- ‘यो तालिमपछि महिला प्रशिक्षार्थीहरू प्रमाणपत्र लिएर जाने मात्र नभइ स्वाबलम्वी हुनुहुनेछ भन्नेमा म विश्वस्त छु।’

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कमला श्रेष्ठले महिलाहरूलाई उद्यमी बनाउने सानो पाइलाको प्रयासमा आफूबाट सक्दो सहयोग हुने बताउनुभयो।

‘दुरदराजका विभिन्न किसिमका दुखमा परेका महिलाहरूलाई उद्यमी बनाउने सत्प्रयासमा मेरो व्यक्तिगत र मैले प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य महासंघको तर्फबाट सक्दो सहयोग हुनेछ’ सौन्दर्य व्यवसायी समेत रहनुभएकी श्रेष्ठले अगाडि भन्नुभयो, ‘सहरी क्षेत्रका र शिक्षित महिलाहरूले उद्यमशिलताका क्षेत्रमा अवसर पाए पनि विपन्न र जोखिममा परेका महिलाहरूलाई अझैं पनि त्यो अवसर प्राप्त भइसकेको छैन। त्यसैले म माननीय मन्त्री ज्यूलाई यसतर्फ नीतिगत र कानुनीरूपमै सहजता दिलाउनका लागि भूमिका खेलिदिनुहोस् भनी ध्यानाकर्षण गराउन चाहन्छु।’

सानो पाइलाका संस्थापक अध्यक्ष कञ्चन झाले संस्थाको स्थापनाको इतिहासबारे चर्चा गर्नुभयो। अधिकार विकेन्द्रिकरणको अवधारणाअन्तर्गत आफूहरूले वीरगञ्जमा मुख्यालय खोलेर काठमाडौं लगायत अन्य ठाउँहरूमा काम गरिरहेको बताउनुभएका झाले कानुन मन्त्री चौरसियाको ध्यानाकर्षण गराउँदै भन्नुभयो,  “वीरगञ्जमा रहेर हाम्रो अभिभावकत्व निर्वाह गरिरहनुभएका मन्त्री ज्यू, प्रदेश सांसद ज्यू पनि यहाँ हुनुहुन्छ, सानो पाइलाले गरिरहेका काममा सुरुआतदेखि नै तपाइँहरूको सहयोग छ, र यस्ता कार्यक्रमहरूमार्फत महिलाहरूको उन्नति-प्रगतिमा पनि भविष्यमा सहयोग भइरहने छ भन्ने मेरो अपेक्षा हो।’ संस्थापकको हैसियतमा आफ्ना कुराहरू राख्न दिएकोमा पनि झाले सानो पाइला परिवारलाई धन्यवाद दिनुभयो।

स्कुल अफ वुमन्स अन्टरप्रेनरसिप परियोजनामा आर्थिक सहायता उपलब्ध गराएको गिभ टु एसियाका नेपाल प्रतिनिधि शुरेश तामाङले सानो पाइलासँगको लामो सामिप्यताबारे चर्चा गर्नभएको थियो। वहाँले भन्नुभयो, ‘सानो पाइलाको मधेशदेखि पहाडसम्म फैलँदो यात्रामा हाम्रो साझेदारी पनि निरन्तर चलिरहोस्  भन्ने हामीले चाहेका छौं। हामीसँगको साझेदारीमा ललितपुर र पर्सामा जारी स्कुल अफ वुमेन्स अन्टरप्रेनरसिप परियोजना पनि पक्कै सफल हुनेछ।’

आवासीय तालिम केन्द्र संचालन भइरहेको गोदाबरी नगरपालिका-३ टौखेलका वडाध्यक्ष सानुराजा घिमिरे (राज)ले सानो पाइलाले जोखिममा परेका महिलाहरूलाई सीप सिकाएर उदाहरणीय काम गरिरहेको भन्दै आफ्नो वडाबाट हुने सहयोगका लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा परियोजना प्रमुख साधना पोखरेलले स्वागत मन्तव्य सहित परियोजनाबारे जानकारी गराउनुभएको थियो। त्यस्तै परियोजनाका बरिष्ठ कलाकार भीमा बस्यालले सानो पाइलासँग आफू एक दशक अघि जोडिएको कथा साझा गर्नुभएको थियो। सानो पाइलाका सभापति सुदीप कुमार तामाङ लामाको सभापतित्वमा भएको उद्घाटन समारोह सानो पाइलाका अपरेसन हेड विवेक कर्णले संचालन गर्नुभएको थियो। उद्घाटन समारोहपछि प्रमुख अतिथिसहित अतिथिहरूले प्रदर्शनीको अवलोकन गर्नुभएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...