बिओपि बरैनिया बाराले कपडा सहित मोटरसाइकल बरामद

Date:

अजित कुमार भुजेल , बिरगंज । बिओपी बरैनिया बाराले कपडा सहित  मोटरसाइकल बरामद गरेको छ ।

बोर्डर आउट पोस्ट बरैनिया बाराले फेटा गाउँपालिका वडा नं. १ राजवटिया गाँउबाट बरामद गरेको हो।

भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ भारतिय नं. प्लेटको हिरो कम्पनिको मो.सा. BR05N 0568 को प्रयोग गरी ल्याउदै गरेको कपडा बि.ओ. पि.बाट स.प्र.ना.नि. सविन खड्काको कमाण्डमा खटिएको १/३को टोलीलाई देख्नासाथ प्रयोग भएको मोटरसाइकल र कपडा सोहि स्थानमा छाडी व्यक्ति फरार भएको थियो।

पक्राउ पर्नेमा मोटरसाइकलको अन्दाजी मुल्य १,५०,००० /- कुर्ता सरवाल थान- २० (बिस) अन्दाजी मुल्य २०,०००/- साडी थान- ९ (नौ) अन्दाजी मुल्य ९,००० /- लाउजको कपडा अन्दाजी ७०मिटर अन्दाजी मुल्य २१,०००/-   जम्मा अन्दाजी मुल्य रु. २,००,००० बरामद गरी बोर्डर आउट पोस्ट बरैनियामा ल्याई राखिएको साथै सो सामानहरु भन्सार कार्यालयमा बुझाउने प्रकृयामा भइरहेको सशस्त्र प्रहरी बीओपी बरैनियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले जानकारी दिनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...