अजित कुमार भुजेल , बिरगंज । बिरगंज स्थित बिरगंज कपडा बैंकले बिरगंजको घन्टाघरमा निसुल्क कपडा बितरण गरेको छ ।
प्रत्येक दिन आइतबार देखि शुक्रबार बिहान१०:३० देखि ५ बजे सम्म बिरगंज वडा न.८ स्थित आफ्नो कार्यालयबाट गरिब असहायहरुलाई निसुल्क कपडा उपलब्ध गराउदै आएको सो बैंकले हरेक शुक्रबार बिरगंजको घन्टाघरमा नया पुरानो गरि करिब ६ सय ५० थान कपडा बितरण गरेको अध्यक्ष लालबाबु सिंहले जानकारी दिनुभयो।
सो कार्यक्रमका प्रमुख अतिथि रहनु भएको समाजसेवी एवं अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मिले मानबिय सेवाको लागि हामि सबैले आआफ्नो आम्दानीको ५ प्रतिशत रकम दिन दुखी असहायको सेवामा दान सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता , अधिवक्ता प्रकाश उपाध्याय , समाजसेवी गौरि गुप्ता , युवा समाजसेवी हुकुम सिंह राजपुत , सामुदायिक सेवा केन्द्र कुम्हालटोलका सचिव श्रवण रायमाझी , घन्टाघर प्रहरी पोस्टका प्रमुख प्रहरी सहायक निरीक्षक राजेश मिश्रा , कबिराज पटेल , बैजनाथ साह , सन्चारकर्मि राज सरार्फ , कपडा बैंकका सदस्य सन्जय मण्डल , हरेन्द्र पटेल , निला कुमारी राम , अभिलाष गुप्ता , नवराज भट्टराई , जानकी देबि , सोभा देबि , सन्जु साह , राहुल सिंह राजपुत लगायतको सहभागीता रहेको सचिव कन्हैया पटेलले बताए ।