उपमेयर आलमद्वारा छ्पकैया स्थित श्री ताराचन्द किशनलाल सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । श्री ताराचन्द किशनलाल आधारभुत विधालयले  छात्रवृत्ति  वितरण कार्यक्रमको आयोजना गरेको छ।

बिरगंज महानगर पालिका वडा न.२ छ्पकैया -२ स्थित श्री ताराचन्द किसनलाल आधारभुत बिधालयमा अध्ययनरत उत्कृष्ट बिद्यार्थीहरुलाई तथा चित्रकला प्रतियोगितामा प्रथम ,  द्वितिय हुने विद्यार्थीहरुलाई मेडल तथा छात्रवृत्ति वितरण गरेको थियो ।

सो कार्यक्रमका प्रमुख अतिथि  वीरगंज महानगर पालिकाका उपप्रमुख इम्तियाज आलमले विद्यार्थीहरुलाई मेडल तथा छात्रवृत्ति वितरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै आलमले आफु पनि यसै विधालयबाट शिक्षा हासिल  गरेको हो र यस विधालयको विकासका लागि आवश्यक पर्ने हरेक किसिमको सहयोग गर्न तयार रहेको भन्दै साथै  बालबालिकाहरुको उज्वल भविष्यको कामना समेत गर्नु भयो । बिधालयमा अध्यनरत सम्पुर्ण दलित छात्रछात्रा हरुलाई छात्रवृत्ति दिने घोषणा गर्नु भएको छ। त्यसै गरि बिधालयमा जनशक्तिको अभाव भयो भने थप शिक्षकहरुलाई दरबन्दीको व्यवस्था मिलाउने र आवस्यकता अनुसार बिधालयलाई समानहरु पुर्ति गर्ने बताए ।

बिद्यार्थीहरुलाई खेलकुदका सामाग्री देखि लिएर क्षमता बिकासका लागि चाहिने हरेक समान उपलब्ध गराउने समेत  जानकारी दिनुभयो ।

सो कार्यक्रममा  वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मिया,वडा नं. २ का वडा सदस्य अब्दुल लतिफ अंसारी, बसिर मिया हजाम , प्याब्सन मधेस प्रदेशका अध्यक्ष श्याम केसि , बिधालयका प्र.अ., शिक्षक , शिक्षिका, स्थानीयबासी  लगायतका सहभागिता रहेको थियो ।

कार्यक्रम सन्चालन स्कुलका शिक्षक राजन जोशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना , अब मधेसमै सहज उपचार सेवा

पर्सा पोस्ट, असार ०७ गते, वीरगञ्ज । हिमोफिलिया सोसाइटी नेपालको...

ध्यान मानव आत्माको अमृत यात्रा हो: बिमल सरार्फ

पर्सा पोस्ट , असार ०६ गते , रक्सौल, पूर्वी...

नारायणी अस्पतालमा ३ बर्षदेखि निरन्तर नि:शुल्क भोजन सेवा : सत्य साई सेवा केन्द्रद्वारा खाद्यान्न सहयोग

पर्सा पोस्ट, असार ६ गते, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताल...