अजित कुमार भुजेल , बिरगंज । सशस्त्र सिमा सुरक्षा गुल्म मटिअर्वा बाराले लागु औंषध चरेस सहित दुई जनालाई पक्राउ गरेको छ ।
मंगलवार राति अन्दाजी १०:१० बजे बारा कलैया -१० शनिच्ररा मठ ईलाकामा सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म मटिअर्वाबाट आई. डि. न. २६०५ सप्रनाउ भवराज कटवालको कमान्डमा खटिएको ४ जनाको मोटरसाइकल गस्ती टाेलीले नेपालबाट भारत तर्फ जादै गरेको भारतीय नम्बरको BR05BE0767 च्यासिस नम्बरको ME4JC944BRG059880 ईन्जिन नम्बर JC94EG0534660 को 5P 125 DC मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा सवार २ जना व्यक्तिहरुले हेल्मेट र मोटरसाइकलको सिट भित्र लुकाई छिपाई राखेको अन्दाजी १० केजि २३० ग्राम अबैध लागु औंषध चरेस सहित भारत जिल्ला मोतिहारि थाना आदापुर पन्चायत बेलवा बस्ने अन्दाजी बर्ष १८ को मनिष कुमार र भारत रामपुर बस्ने अन्दाजी बर्ष २१ को भरत साहलाई पक्राउ गरिएको हो।
बरामद समान , मोटरसाइकल सहित दुबै जनालाई आजै आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल न.१२ गण हे. क्वा. बाराले जनाएको छ ।