मनुष्यको जिवन अस्तव्यस्त भएकोले आध्यात्मकमा नगई सुखै नहुने :- प्रमुख अतिथि चौहान

Date:

अजित कुमार भुजेल , बिरगंज । स्वस्थ तथा सुखि समाजको लागि आध्यात्मिक – मिडियाको भुमिका कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले मनुष्यको जिवनमा सबैभन्दा बढी उपद्रव उसको बोलिको कारणले हुन्छ , अझ पत्रकार लेख्ने र देखाउने भएको कारण जिवन अस्तव्यस्त भएकोले आध्यात्ममा नगइ सुखै नहुने बताए ।

बर्तमान परिवेशमा पत्रकारहरुले अध्यात्मको जगमा टेकेर पत्रकारिता गरे समाजलाई सहि मार्ग दर्शन गर्न सकिने अवस्था सिर्जना गर्न सकिने चौहानले बताए ।

ब्रह्मकुमारी राजयोगका मिडिया कोर्डिनेटर डा. शान्तनुले समाजको क्षयिकरण जुन हिसाबले भैइ रहेको छ , त्यस अवस्थामा अध्यात्म माथी मिडियाले जोड गरेर समाजलाई एकिकृत बनाउन पहल गर्नु पर्ने बताउनु भयो।

स्वस्थ तथा सुखि समाजको लागि आध्यात्मिकता – मिडियाबारे क्षेत्रीय मिडिया सेमिनारको ब्रह्मकुमारि राजयोग सेवा केन्द्र , बिरगंज र ब्रह्मकुमारिज मिडिया प्रभाग , माउन्ट आबुको सन्युक्त आयोजनामा भएको थियो ।

शुक्रबार ब्रह्मकुमारी राजयोग सेवा केन्द्र बिरगंज सवजोन कि सन्चालिका ब्रह्मकुमारि रबिना दिदिको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जरा , जिल्ला उपाध्यक्ष युवराज खड्का , लेखक तथा स्तम्भकार चन्द्रकिशोर झा, ब्रह्मकुमारिज मिडिया प्रभाग हैदराबादका नेशनल कोर्डिनेटर ब्रह्मकुमारी सरला दिदि , श्रीमत एक्सप्रेस दैनिक गुरुग्रामका प्रधान सम्पादक डा. दिलदयाल , ब्रह्मकुमारिज मिडिया प्रभाग दिल्लीका क्षेत्रीय संयोजक सुनिता , मधु राणा , पत्रकार जगत राई , महेशचन्द्र गौतम , आरसि यादव लगायतका सन्चारकर्मिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
स्वागत मन्तव्य ब्रह्मकुमार गोबर्धन भाई जिले , धन्यवाद ज्ञापन ब्रह्मकुमारि बेलि दिदिले र कार्यक्रम सन्चालन ब्रह्मकुमार गोकुल भाई जिले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

प्रयास , धर्म र बिश्वासले सफलता सुनिश्चित गर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट । असार १० गते । रक्सौल, पूर्वी...

सकारात्मक सोच , बिश्वास र मानवताले जिवनलाई सहि दिशा दिन्छ : बिमल सरार्फ

पर्सा पोस्ट, असार १० गते, रक्सौल (पूर्वी चम्पारण)। सामाजिक कार्यकर्ता...

बिरगंज महानगरपालिकाको २० औं अधिवेशनमा ४ अर्ब ४२ करोडभन्दा बढीको बजेट प्रस्तुत

पर्सा पोस्ट, असार १० गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको २०...