राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा राजनैतिक पार्टि बीच बिरगंजमा चियापान कार्यक्रम

Date:

अजित कुमार भुजेल , बिरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीको सामाजिक संगठन सचिव शंकर श्रेष्ठले भ्रष्टाचार शुन्य शासन व्यवस्थाको मूल मन्त्र लिएर वैकल्पिक शक्तिको रुपमा पार्टी अगाडि बढेको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा शाखाले पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा आज वीरगंजमा आयोजित चियापान कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै उहाँले पुराना राजनीतिक दलहरूप्रति नागरिकको निराशा बढ्दै गएकोले त्यसको विकल्पको रूपमा रास्वपा अगाडि आएको बताउनुभयो ।

सचिव श्रेष्ठले रास्वपाका मन्त्रीले जिम्मेवारी लिएका मन्त्रालयहरूमा अहिले जनताको काम देखिने गरी भईरहेको बताउदै यसले विपक्षीहरू अत्तालिएको बताउनुभयो ।

रास्वपा पर्साका संयोजक हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि रास्वपा का केन्द्रिय सदस्य डा. नन्दन यादव , नेपाली कांग्रेस सभापति एवं प्रदेश सान्सद जनार्दन सिंह क्षेत्री, श्याम पटेल , नेपाली काङ्ग्रेस पर्साका  उपसभापति रामनारायण कुर्मी, नेकपा एमालेका अध्यक्ष डा. बिश्वम्बर शर्मा, सचिव महेश दास, जसपा अध्यक्ष राम नरेश कुर्मी, सचिब तवरेज आलम, वीरगंज महानगरका उपमेयर इम्तियाज आलम, पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, पर्साका उपाध्यक्ष युवराज खड्का , उद्योग बाणिज्य महासंघ अध्यक्ष गणेश लाठ, वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, निबर्तमान अध्यक्ष सुबोध गुप्ता, बरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष मनोज दास, पूर्व अध्यक्ष गोपाल केडिया, अनुज रूँगटा लगायतको उपस्थित रहेको थियो ।

रास्वपा मधेस प्रदेशका सदस्य दिलिप कुर्मिले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम सन्चालन सन्चारकर्मि सुर्यनारायण बिकले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...