माओवादी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपालद्वारा बिस्तारिक बैठकबारे बिरगंजमा पत्रकार सम्मेलन

Date:

अजित कुमार भुजेल , बिरगंज । माओवादी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपालद्वारा आज पर्सामा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

प्रेस सेन्टर नेपाल पर्साको सहयोजनमा भएको पत्रकार समेलनमा मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल मधेस प्रदेशका इन्चार्ज मातृका यादवले आफ्नो भनाइ राखेका हुन ।

उनले प्रेस बिज्ञप्ति मार्फत  धेरै समयको अन्तरालपछि गौरवशाली इतिहास बोकेको हाम्रो संगठन मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपालकोकेन्द्रीय कार्यालयको विस्तारित बैठकको पूर्वसन्ध्यामा महान जनयुद्ध, महान जनयुद्धको जगमा भएको ऐतिहासिक संयुक्त जनआन्दोलन तथा मधेस आन्दोलन लगायतको सम्पूर्ण उत्पीडित वर्ग समुदायका मुक्ति आन्दोलनहरुमा आफ्नो जीवनको आहुती दिने महान शहीद क. रामवृक्ष यादव, क. दिल बहादुर रम्तेल, र क.सुरेश वाग्ले लगायत ज्ञात अज्ञात महान शहीदहरुप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

परिवर्तनका पक्षधर बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान अर्पण गर्नुका साथै सम्पूर्ण घाईते, अपाङ्ग योद्धाहरुप्रति हार्दिक जय लाल मधेस अर्पण गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। साथै सम्पूर्ण शहीद, बेपत्ता र घाईते अपाङ्ग भएका योद्धाहरुका परिवारजनप्रति उच्च सम्मान व्यक्त गर्दछौं ।

आज हामी हाम्रो इतिहासको बडो कठिन तथा जटिल आवस्थामा यहाँ जुट्दै छौ । हामी एकताबद्ध भएर जनताको भावना र चाहनाको नेतृत्व गर्न एकचोटी फेरी आफुलाई ‘मार्क्सवादी-लेनिनवादी-माओवादी’ क्रान्तिकारी कसौटीमा जाँच्नु परेको छ । समयको गतिसँगै समाजमा आएको परिवर्तनलाई ठोस रुपममा पहिचान गरी ठोस कार्यदिशाको निर्माण गर्नु परेको छ । दुनियाँ बदल्न पहिले आफूलाई बदल्ने क. मार्क्सको मूलमन्त्रलाई आत्मसात गर्नु परेको छ । क्रान्ति हुन्छ भने क्रान्तिकारी पार्टी हुनै पर्छ । क्रान्तिकारी पार्टी बिना मार्क्सवादी लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धति अनुसार बनेको पार्टी बिना साम्राज्यवाद तथा यसका दलालहरुलाई पराजित गर्न मजदुर वर्ग र विशाल जनसमुदायको नेतृत्व गर्न असम्भव छ । भने, क.माओको निर्देशन अनुसार मालेमावादलाई मधेशको धरातलमा आफ्नो मौलिकता अनुसार कसरी प्रयोगगर्ने भन्ने बारेमा हामी इमान्दार बन्नु परेको छ ।

मधेश आन्दोलन र मधेशी राष्ट्रिय मुक्ति मोर्चा, नेपालको इतिहासको गम्भीरता पूर्वक निर्मम समिक्षा र वर्तमानमा टेकेर भविष्यको दिशा निर्माण गर्नु परेको छ । महान जनयुद्ध, महान जनयुद्धको जगमा भएको संयुक्त जनआन्दोलन र मधेश आन्दोलनबाट प्राप्त धर्म निरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधित्व सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ संविधानमा उल्लेखित अधिकारको पूर्ण कार्यान्वयन र बाँकी अधिकारको लागि जनपरिचालन, मधेशको समृद्धिको लागि सुशासन, स्वायत्तता र विकास निर्माणमा जनताको सहभागिता, निगरानी र हस्तक्षेपको व्यावसको लागि फेरी एकचोटी मोर्चाको प्रतिबद्धताको अपरिहार्यता रहेको हामीले आत्मसात गर्नु परेको छ । नेपालमा पटक पटक राजनीतिक परिवर्तन भएपनि सर्वसाधारण जनताको अवस्थामा परिवर्तन आएन । सामन्तवादको अन्त्य भएपनि सत्ता झन दलाल नोकरशाही वित्तीय पूँजीको कब्जामा परेको छ । राष्ट्रिय पूँजीहरुको विकास बिना देशको समृद्धि होईन खुंखार वित्तीय पूँजीवादीहरुको विकास भईरहेको छ । समृद्ध मधेश कंगालीको अवस्थामा पुगेको छ । विचार शुन्यताको बोलवालाले उत्पीडितहरु झन उत्पीडित हुने र फटाहा, दलाल तथा जनविरोधीहरुको बोलवाला बढी रहेको छ । राजनीतिलाई सेवाको साधन बनाउनु भन्दा कमाउको साधन बनाईएको छ । अर्थात ‘राजनीति फोहोरी खेल हो’ भन्ने गलत भाष्य सृजना गर्ने तथा सर्वत्र धारणा बनाउन खोजिएको देखिन्छ । नेपालमा सबैभन्दा उत्पीडित तथा उपेक्षित मधेश र मधेशी भएकोले समानुपातिक समावेशी प्रतिनिधित्व तथा धर्मनिरपेक्षता सहितको संघीय लोकतान्त्रिक गणतन्त्र मधेशको लागि अपरिहार्य भएकोले मधेशमा कार्यरत संगठन र नेता कार्यकर्ताहरु इमान्दार, सवल र सक्षम हुनुपरेको वर्तमान संकटको घडीमा मधेशी राष्ट्रिय मुक्ति मोर्चा, नेपालको सयौं गुणा बढी आवश्यकता रहेपनि हामी यसलाई कोमामा राखेको हुनाले भोली र पर्सि हुने मोर्चाको केन्द्रीय कार्यालयको बृहत विस्तारित बैठकले नयाँ उर्जा सहित पुनर्जीवन प्रदान गरी सबै प्रकारको गलत प्रवृत्तिको विरुद्ध जनतासँग हातेमालो गर्दै अधिकार सम्पन्न तथा समृद्ध मधेशको निर्माणमा सबैसँग हातेमालो गर्दै हामी जुट्ने प्रतिबद्धतालाई तपाँई पत्रकार मित्रहरुको माध्यमबाट आदरणीय जनसमुदायलाई जानकारी गराउन समेत हार्दिक अनुरोध गरेका थिए ।

मधेसी राष्ट्रिय मुक्ति मोर्चा , नेपालको बिस्तारिक बैठक भोलि शुक्रबार बिहान १० बजेदेखि टाउनहलमा हुने र २० जिल्लाबाट २०० जनाको सहभागीता हुने पत्रकार भेटघाटमा जानकारी गराइएको थियो ।

आजको पत्रकार समेलनमा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य एवं पर्सा ईन्चार्ज निरज पिठाकोटेको अध्यक्षता भएको थियो ।
<span;>सो कार्यक्रममा मोर्चाका संयोजक जगत प्रसाद यादव , पर्सा ईन्चार्ज बिजय महतो , सहसन्योजक ईन्द्रकिशोर यादव , बिश्वजित यादव , प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य जगत राईको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...