अजित कुमार भुजेल , बिरगंज । नेपाल युवा उद्यमी मञ्च बिरगंजको चौथो वार्षिक साधारण सभाबाट युवा उद्यमी पंकज अग्रवाल अध्यक्षमा चयन भएको छ ।
बिरगंजको होटेल दयालु लडसमा शुक्रबार सम्पन्न भएको चौथो साधारण सभाबाट कार्यसमितिको प्रथम उपाध्यक्षमा बिश्वास प्रताप साह , तृतीय उपाध्यक्षमा चन्दन सिंह चयन हुनुभएको छ भने सदस्यहरूमा सुरज रुङ्टा , मोहित गुप्ता , राधा हमाल , निखिल गुप्ता , मनिस सिस्का , हितेश घोस, आँसु सरार्फ , हिमान्शु बर्णवाल , रिशी साह चयन हुनु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी रहेका बिरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिहंले अहिले देश युवाहरुले पठाएको रेमिटेन्सबाट चलिरहेको छ । अब युवाहरुले नै आफ्नो मेहेनतले अगाडि बढ्नु पर्ने उनले बताए ।
अहिलेको सरकारको मुख ताक्नु भन्दा पनि आफ्नो लगन र मेहेनतले आफ्नो भबिस्य आफै बनाउनु पर्ने उनले सुझाव दिएका थिए । अहिलेका युवाहरु धेरै पढेलेखेका तथा सृजनशिल भएकाले केही गरेर आफ्नो जीवन धान्न सक्ने उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका मधेश प्रदेश अध्यक्ष गणेश लाठले नया कार्यसमितिलाई बधाइ दिदै नेपाल युवा उद्यमी मञ्च बिरगंजले गरेका कार्यहरुको प्रशंसा गरेका थिए ।
अहिले देशको आर्थिक स्थिति खराब भएपनी युवाहरुले यसलाइ सुधार्न सक्रिय भएर लाग्नु पर्ने बताए। त्यस्तै सिर्जनशिल तथा नयाँ पिढिका युवाहरुलाई उद्यम तथा व्यावसायतर्फ आकर्षित गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्न आग्रह गरे ।त्यस्तै उनके एनयाइएएफले सिर्जनशिल तथा नयाँ पिढिका युवाहरुलाई उद्यम तथा व्यावसायतर्फ आकर्षित गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्न आग्रह गरे ।
आज सम्पन्न भएको कार्यक्रम नेपाल युवा उद्यमी मञ्च बिरगंजको अध्यक्ष संदिप अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सो कार्यक्रममा नेपाल युवा उद्यमी संघका केन्द्रीय अध्यक्ष सारा जोशी, नेपाल प्रहरी पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङेल , भारतीय महावाणिज्य दूतावास बिरगन्जका महावाणिज्य दूत देवी सहाय मिना, बिरगंज उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष डा. सुबोध गुप्ता , अनिल अग्रवाल , अशोक बैध लगायतको उपस्थिति रहेको थियो ।