मुस्लिम धर्मावलम्बीहरुको दोस्रो महान पर्व बकरइद ( इद उल अज्हा) बिरगंजमा धुमधामका साथ मनाए

Date:

फोटो:-  मुकेश गुप्ता , छ्पकैया ।

अजित कुमार भुजेल , बिरगंज । ईस्लाम धर्वावलम्बीहरुको महान पर्व बकर इद ( ईदुल अजहा ) हर्षाेउल्लासका साथ सोमबार देशभरी मनाएको छ ।

बिरगंजमा पनि यो पर्व आज धुमधामका साथ यो पर्व मनाईएको थियो । यो पर्व रमजान पर्वको ७० औं दिनमा मनाईने मुस्लिम धर्वावलम्बीहरुको रमजानपछिको दोस्रो ठुलो पर्व हो ।

नेपालमा मनाईने अनेक चाड पर्व मध्य ईस्लाम धर्वावलम्बीहरुको महान पर्व बकर ईद ( ईदुल अज्हा ) पनि एक हो र यो पर्व ३ दिन मनाईने गरिन्छ ।

आजको दिन बिहानै उठि नित्य कार्य सकेर गाउबाट पर खुल्ला मैदानमा गैइ नवाज ( एक किसिमको प्रार्थना ) पढनु पर्छ , त्यसपछी घर फर्कि बलि दिईने गरिन्छ । आर्थिक अवस्थाका कारण बलि दिन नसक्नेहरुको घरमा पनि यश पर्वको रौनकता छाओस भन्ने उदेश्यले बलिको मासु ( तनुका) बाडिन्छ ।यस पर्वको अवसरमा बिश्वभरिका लाखौं मुस्लिमहरु मक्कामदिना हजका लागि जाने गर्छ्न ।यस समुदायमा मक्कामदिना हज गर्न जान सक्नुलाई ठुलो सफलता मानिन्छ ।

पैगम्बर ईब्राहिमले सपनामा अल्लाहबाट आफ्ना छोरा ईस्माईलको बलिदिन आदेस पाएको ठानिन्छ । त्यो कुरा ईस्माईललाई सुनाउदा उनी त्यसका लागि तयार भएको र आफ्ना बुवालाई त्यसको पालना गर्न आग्रह गरे सङै ईब्राहिमले छोराको बलि दिन भन्दै लाग्दा अल्लाहले रोके अनि ईस्माईलको साटो बलि दिन भन्दै एउटा भेडा दिए र यसैलाई आधार मानेर बिश्वका विभिन्न स्थानमा मुस्लिमहरु विभिन्न प्रकारका घरपालुवा जनावरको बलि दिने गर्छन ।
<span;>यस पर्वमा आर्थिक रुपमा सबल मानिसहरुले दान गर्नु पर्ने अल्लाहको आदेश रहेको ईस्लामी धर्मावलम्बीहरु बताउछन् ।

बकर ईद ( ईदुल अजहा)  मा कुर्वानी गर्नु पर्ने प्रमुख विशेषता रहेको बकरईदमा मुस्लिम समुदायका लागि हज र कुर्वानी अनिवार्य मानिन्छ । ईस्लामको ५ आधारस्तम्भ आस्था , नवाज , हज , रोजा र जकातममध्य हजलाई मुख्य मानिन्छ ।

यो पर्व ईस्लामी क्यालेन्डर अनुसार १४३५ हिजरी ( साल) को अन्तिम महिना जिलहिजा १० तारिखका दिन बिश्वभरी मनाउने चलन रहेको छ ।

बकर इद ( इदुल अज्हा ) कुर्वानीको यस महस्न पर्वको अवसरमा सरकारले नेपाल भरी सार्वजनिक बिदा दिने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...