अजित कुमार भुजेल , बिरगंज । बिरगंजमा एक हप्ते अचार बनाउने तालिमको उद्घाटन सम्पन्न भएको छ ।
पर्सा बहिरा संघको आयोजनामा तथा बिरगंज महानगरपालिका बहिरा विद्यालयको आर्थिक सहयोगमा बिरगंज महानगरपालिका राधेमाई वडा न.१३ मा १ हप्ते अचार बनाउने तालिम आज देखि सुरु भएको छ ।
बहिरा नागरिकले पनि सीप सिकेर आफैले पनि कुनै व्यवसाय गरेर आय आर्जन गर्न सकिन्छ भन्ने उदेश्य राखेर तालिमको सुरुवात गरिएको हो ।
पर्सा बहिरा संघका अध्यक्ष समिक्षा सापकोटाको अध्यक्षता भएको सो कार्यक्रमको उद्घाटन बिरगंज महानगर पालिका वडा न.१३ का वडा अध्यक्ष हिरालाल गिरिले पानसमा दिप प्रज्वलित गरि उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि हिरालाल गिरिले बहिरा कान नसुन्ने पनि यहि नेपालको नागरिक भएको र उसलाई पनि खान लाउन र बाच्ने अधिकार रहेकोले अचार बनाउने तालिमले उनिहरुलाई रोजगार बनाउन मद्दत पुग्ने भएकोले अन्य शिप मुलक तालिम पनि आवस्यक रहेको र यसको लागि महानगर र मेरो व्यक्तिगत सहयोग सधैं रहिरहने समेत बताए ।
सो कार्यक्रममा पर्सा बहिरा संघका सल्लाहकार एवं बहिरा विद्यालयका प्रधानाध्यापक सगुन श्रेष्ठ , संघका उपाध्यक्ष उमेश कुमार गुप्ता , कोषाध्यक्ष जुल्फकार अन्सारी , शिल्पा कर्ण , कृष्ण टिबडेवाल , रुचि कुमारि साह , पुस्पा खत्री ,सरिता नेपाल कलैया बारा, निहारिका यादव , गिता कुमारी , नन्दनि कुमारी , सृजना कुमारि , हरिचन्द्र सहनि , सागर कुमार सहनि , रन्जित महतो , सन्जय ठाकुर , सुमन पटेल , दिब्या कुमारि पटेल , रामउदेश साह कानु , स्कुलका शिक्षक शिक्षिका , स्थानियहरु , अभिभावकहरु , बहिरा विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रम सन्चालन दोभाषे अर्चना कर्णले गर्नु भएको थियो भने सानु राणाले अचार बनाउने तालिमको प्रशिक्षण दिनु हुने छ ।