बिरगंजका ४ आप तथा फलफूल गोदाममा अनुगमन , कार्वाईड बिषादि प्रयोग नगरेको पाईयो

Date:

अजित कुमार भुजेल , बिरगंज । उपभोक्ताहरुको जनगुनासोको आधारमा बिरगंजका बजारहरुमा केहि दिन यता मानव स्वास्थ्यलाई असर गर्ने कार्वाईड बिषादि प्रयोग गरि पकाईएको आप बजारमा बिक्रि बितरण भैइरहेकोले उपभोक्ता हित संरक्षण मञ्च पर्साले यसलाई नियन्त्रण र रोकथाम गर्न दवाब दिएपछी आज बिरगंजमा रहेको आपको गोदाममा अनुगमन सुरु गरेको थियो ।

खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिरगंजका प्रमुख सुरेश कुमार सिंहको नेतुत्वमा गएको अनुगमन टोलिले बिरगंज वडा न.८ रेल्वेरोड स्थित आप तथा फलफूल बिक्रि बितरण गर्ने ४ वटा पसल तथा गोदाममा अनुगमन गरेको थियो ।

अनुगमन टोलिले बिरगंज वडा न.८  रेल्वेरोड स्थित शंकरमोच फुट ट्रेडर्स, चादनी फुट ट्रेडर्स , श्री गणपति ट्रेडर्स र बरुण फ्रुट ट्रेडर्समा अनुगमन गरेको थियो ।

अनुगमन गर्ने क्रममा आप तथा फलफूलहरुको गोदाममा रहेका आपहरुमा पकाउने कार्वाईट बिषादि प्रयोग नगरेको पाईएको तर एक ठाउमा  नेपाल सरकारले ईजाजत दिएको एसिटाईलिन ग्यास प्रयोग गरिएको पाईएको अनुगमन टोलि प्रमुख सुरेश कुमार सिंहले जानकारी दिनुभयो ।

अहिले आँपको सिजन भन्दा अगाडि नै आप बजारमा बिक्रिको लागि आएको हुदा आप पकाउने कार्वाईड बिषादि प्रयोग गरि मानव स्वास्थ्यमा असर हुने भएकोले त्यस्तो कार्वाईड बिषादि प्रयोग गरि आप बिक्रि बितरण नहोस भन्ने उदेश्यले अनुगमन तीब्र रुपमा गरिएको सिंहले बताए।

त्यसैगरी अनुगमन टोलिले आप पसल तथा गोदाममा बिक्रि बितरण गर्ने सन्चालकलाई कार्वाईडको प्रयोग गरि आप पकाई बिक्रि बितरण नगर्न समेत निर्देशन दिदै पसल अगाडि सर्वसाधारणले हेर्ने गरि जनचेतनामूलक पम्पलेट समेत टास गरिएको थियो ।

अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिरगंजका प्रमुख सुरेश कुमार सिंह , बिरगंज  महानगरपालिकाका खाद्य अनुसन्धान अधिकृत विपिन कुमार लाल दास, उपभोक्ता हित संरक्षण मञ्च नेपालका अजित कुमार भुजेल, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजका मधुरेश प्रसाद साह, जिल्ला प्रशासन कार्यालय पर्साका शिवशंकर साह ,  बिरगंज उद्योग वाणिज्य संघका सौरभ पान्डे , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक अशोक महतोको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...