पर्साको जगरनाथपुर गाउपालिकाको सठीमा जिल्ला स्तरीय जुनियर गोष्ठी

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाको आयोजनामा पर्साको जगरनाथपुर गाउँपालिकाको सँठी मा.वि.मा आज देखि ३७ औं जिल्ला स्तरीय जुनियर गोष्ठी शुरू भएको छ ।

नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाको विनोद गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव, विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्र राज कडेल, गाउँपालिका उपाध्यक्ष बविता सिँह क्षेत्री,  शिक्षक महासंघका अध्यक्ष तीर्थ राज यादव लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले आफू आए देखि  शिक्षालाई प्राथमिकतामा राखेको बताउनु भयो । पालिका भरीमा एउटा मात्र माध्यमिक विद्यालय रहेकोमा अहिले तीनवटा माध्यमिक विद्यालय सञ्चालनमा रहेको बताउनु भयो ।

रेडक्रसले गरेको काममा आफ्नो पुर्ण सहयोग रहने बताउने रेडक्रसले बनाउन लागेको रक्त सञ्चार भवनको लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

दुई दिन सम्म चल्ने कार्यक्रममा पर्सा जिल्ला भरीका विद्यालयका जूनियर सर्कल,  शिक्षक नायकहरुको सहभागिता रहेको छ । कार्यक्रममा जुनियर सर्कल अभियान, ट्राफिक सचेतना, विपत , डेङ्गुको लगायत विषयमा  जानकारी गराइने रेडक्रस पर्साका सदस्य शिवनाथ यादवले जानकारी गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

महासंघको टोलिले आज कार्यवाहक मेयर आलमलाई बुझाए ५ बुँदे मागसहितको ज्ञापनपत्र

पर्सा पोस्ट , असार ३ गते , वीरगञ्ज । नेपाल...

अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा योग आत्मचेतनाको महत्वबारे बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , असार ३ गते, रक्सौल, पूर्वी चम्पारण...

एक सातामै रोकिएको तलब निकासा, कर्मचारी हर्षित : कार्यवाहक मेयर आलमप्रति बधाईको ओइरो

पर्सा पोस्ट, साउन ०२ गते, वीरगञ्ज, पर्सा । वीरगञ्ज महानगरपालिकाका...