नगरवासिको स्वास्थ्यसंग कोहि कसैले खेलवाड गरे कार्वाही हुने :- उपप्रमुख आलम

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजवासीको स्वास्थ्यसंग कोहि कसैले खेलवाड गरेको खण्डमा कडा कार्वाही गर्न निर्देश दिदै बिरगंजका उपमेयर इम्तियाज आलमले बजार अनुगमन तिव्र पार्न बिरगंज महानगर बजार ब्यवस्थापन समितिलाइ  निर्देशन दिएका छन ।

बिरगंज महानगर पालिका भित्र रहेको खाद्यान्न पसल, अस्पताल,औषधि पसल, होटेल तथा रेस्टुरेन्ट लगायतका ठाउँमा अनुगमन तिब्र पार्न बिरगंज महानगर पालिकाका उपप्रमुख तथा बजार ब्यवस्थापनका संयोजक  इम्तियाज आलमको संयोजकत्वमा बसेको बैठकमा आलमले निर्देशन दिनु भएको हो ।

बिरगंज महानगर भित्र म्याद गुज्रिएको खाद्यान्न ,पेय पदार्थहरु लगायत बिक्री वितरण भैरहेको हुदा यसलाई रोकथाम गर्न अनुगमन आवस्यक रहेको उपप्रमुख आलमले निर्देशन दिनु भयो।

यदि कसैले म्याद गुज्रिएको खाद्यान्न तथा पेय पदार्थ बिक्री वितरण गर्ने भेटिएमा कानुन बमोजिम कार्वाही गर्ने निर्देशन दिनु भयो। बढ्दो गर्मीको कारणले खाद्यान्न र पेय पदार्थ खराब  हुने गरेको छ र त्यहि बिग्रेको खाद्यान्न बजारमा  बिक्री वितरण गरि नगरवासीहरुको स्वास्थयलाई बिगार्ने हुदा अनुगमन अझै सख्त बनाउने र कडा रुपले प्रस्तुत हुने बजार ब्यवस्थापन समितिका पदाधिकारीहरुलाई उपप्रमुख आलमले निर्देशन दिनु भयो।

उक्त बैठकमा बजारमा सर्वसाधारणहरुले दैनिक रुपमा उपभोग गर्ने सामाग्री तथा खाधान्न , सेवा प्रदायक संस्थाहरुको अनुगमनलाई निरन्तरता दिने तथा अनुगमनको क्रममा लापरवाही गर्ने सेवा प्रदायक संस्थाहरुलाई कानुन अनुसार  कडा कार्वाही गर्ने निर्णय समेत बैठकमा निर्णय गरिएको छ।

बैठकमा बिरगंज महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद भट्टराई , बिरगंज महानगर पालिकाका कार्यपालिका सदस्य कन्हैया ठाकुर ,वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक पुष्कर बोगटी, बिरगंज महानगर पालिकाका अनुसन्धान अधिकृत विपिन कुमार लाल दास,होटल व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त,उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य धिरज शर्मा , पर्सा उपाध्यक्ष अजित कुमार भुजेल, बिरगंज महानगर पालिकाका पशु प्राविधिक संतोष ठाकुर, बिरगंज महानगरका नगर प्रहरी निरिक्षक हरि प्रसाद भुषाल लगायत विभिन्न स्थानिय निकायको प्रतिनिधिहरुको सहभागिता रहेको जानकारी उपप्रमुखका प्रेस सल्लाहकार महम्मद सदाबले जानकारी दिनुभयो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...