ब्लड डोनर्स एसोसियसनले रक्तदान गर्ने व्यक्ति र सस्थालाई सम्मान गर्ने

Date:

अजित कुमार भुजेल , बिरगंज । ब्लड डाेनर्स एसाेसिएशन नेपाल पर्साले विश्व रक्तदाता दिवसकाे अवसरमा जेठ ३२ गते शुक्रबार सम्मान कार्यक्रम गर्ने भएकाे छ ।

ब्लड डाेनर्स एसाेसिएशनले बुधबार पत्रकार सम्मेलन गर्दै ५० जना भन्दी बढी रक्तदान गर्ने ८१ ब्यक्ति र संस्थालाई यस बर्ष सम्मान गर्न लागिएकाे जानकारी गराएकाे हाे । यस अघि विश्व रक्तदाता दिवसकाे अवसरमा एक सय जना भन्दा बढी रक्तदान गर्ने ब्यक्ति र संस्थाहरुलाई सम्मान गर्दै आइएकाेमा यस बर्ष ५० जना भन्दा बढी रक्तदान गर्नेहरुलाई सम्मान गरिने ब्लड डाेनर्स एसाेसिएशन पर्साका सचिव अरबिन्द सिंहले बताए ।

यसका साथै निशुल्क रगत उपलब्ध गराउन रक्त संचार केन्द्र संग सम्झाैता गर्ने १७ ब्यक्ति र संस्थालाई सम्मान गर्ने पनि कार्यक्रम रहेकाे सचिव सिंहले जानकारी दिए । यसैगरी आकस्मिक रक्तदाता र प्रत्येक ३/३ महिनामा रक्तदान गर्ने र गराउनेलाई पनि सम्मान गरिने उनले बताए ।

सचिव सिंहका अनुसार २०८० सालमा १४ हजार ५८३ पिन्ट रक्तदान कार्यक्रम मार्फत रगत संकलन भएकाे छ भने १६ हजार ३३० पिन्ट रगत वितरण भएकाे छ । रगत संकलन भएकाे भन्दा बढी वितरण भएका रगतहरु आकस्मिक रक्तदाताबाट रगत संकलन भएकाे हाे । रक्तदान गर्नेहरुमा १३ हजार ६१४ पुरुष र एक हजार २९ महिला रहेका छन् ।

२०८० सालमा सब भन्दा बढी ४६५ जनाले राउन्ड टेबल नेपालले आयाेजना गरेकाे कार्यक्रममा रक्तदान गरेकाे ब्लड डाेनर्स एसाेसिएशन पर्साका अध्यक्ष शत्रुधन नेपालले वताए । उनले दाेस्राे स्थान इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीकाे कार्यक्रममा ३ सय जना र तेस्राे स्थानमा रेडियाे वीरगंजले आयाेजना गरेकाे कार्यक्रममा २४५ जनाले रक्तदान गरेकाे जानकारी गराए ।

अहिले सम्म ग्रामिण भेगमा आयाेजित कार्यक्रम मध्ये सबै भन्दा बढी इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीले पटेर्वा सुगाैलीमा आयाेजना गरेकाे कार्यक्रममा रक्तदान गरेकाे अध्यक्ष नेपालले वताए ।

बिरगंजस्थित मधुशाला रेस्टुरेन्टमा आयाेजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, ब्लड डाेनर्स एसाेसिएशनका सदस्य श्याम गुप्ता, आकस्मिक रक्तदाता क्लबका सचिव राजन श्रीवास्तव लगायत संचारकर्मीहरुकाे उपस्थिती रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

३० दिने नि:सुल्क सिलाई तालिम सम्पन्न : रक्सौलमा ५० महिलालाई आत्मनिर्भर बन्ने अवसर

पर्सा पोस्ट बैशाख ०२ गते, रक्सौल । भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा...

प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न , युवामा आत्मबिश्वास वृद्वि हुने अपेक्षा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगंज । बिरगंज जेसीजको सप्ताहव्यापी...

बिरगंजमा मानव अधिकार रक्षकहरुको अवस्थामाथि गहन छलफल , ” सेफ हाउस ” अभाव मुख्य चुनौती

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । मानव अधिकार रक्षकहरूको...

भारतीय नम्बर प्लेटका सवारीमाथि बिरगंजमा कडाइ : ११ चालक कारवाहीमा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय...