अनुमति बिना अबैध रुपमा संचालित ५ विद्यालयमा महानगरले गर्यो शिलबन्दि

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिकाले नगर क्षेत्रमा अनुमति विना संचालित विभिन्न ५ वटा विद्यालयमा मंगलबार सिलबन्दी गरेको छ ।

सिजी एजुकेशनद्वारा संचालित दिल्ली पब्लिक स्कुलको पूर्व प्राथमिक तह (मन्टेश्वरी) कक्षा निनोस बिरगंजको नामबाट बिरगंज महानगरपालिका वडा नं. १२ मुर्ली बगैचामा अनुमति बिना अबैध रुपमा संचालन भइरहेको पाइएकाले सिलबन्दी गरिएको हो।

बिरगंज महानगरपालिका वडा नं. २६ सुगौलीमा २०५७ सालदेखि अबैध रुपमा संचालन गरिरहेको सिटिजन पब्लिक स्कुल र २०७५ देखि संचालित ए.एस. नलेज एकेडेमीमा सिलबन्दी गरियो ।

वडा नं. १८ भवानिपुरमा संचालित सुरज एकेडेमी अनुमति विना नै संचालनमा रहेकोले सिलबन्दी गरिएको थियो भने यस्तै अनुमति भन्दा बढी कक्षा संचालन गरेको वडा नं. १८ भवानीपुरकै बुद्ध एकेडेमीमा पनि सिलबन्दी गरेको ।

बिरगंज महानगरपालिकाको शिक्षा समितिको अनुगमन समितिका संयोजक ईश्वरचन्द्र यादव, महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछाने, नगरप्रमुख सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल , नगर प्रहरी प्रमुख हरि भुषाल एवं संचारकर्मीको सहभागीतामा अबैध रुपमा संचालित विद्यालयमा सिलबन्दी गरिएको शिक्षा समितिको अनुगमन समिति सन्योजक ईश्वरचन्द्र यादबले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...