स्वास्थ्य मन्त्री यादवले गरे नारायणी अस्पतालको निरीक्षण , भवन निर्माणको काम दुर्तगतिले अगाडि बढाउने बिश्वास दिलाए ।

Date:

अजित कुमार भुजेल , बिरगंज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले मंगलवार आफ्नो गृह नगर बिरगंज स्थित नारायणी अस्पतालको निरीक्षण गर्नुभएको छ ।

मंगलवार बिहानै बिरगंज पुग्नुभएका मन्त्री यादवले मधेस प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्रका रूपमा परिचित नारायणी अस्पतालको ओपिडी, फार्मेसी, पोस्टअप, ल्याब लगायतका क्षेत्रमा अनुगमन गर्दै त्यहाँ उपचाररत बिरामी र तिनका कुरुवासँग कुराकानी गर्नुभयो ।

कुराकानीका क्रममा मन्त्री यादवले बिरामीहरूसँग उपचार, चिकित्सक र स्वास्थ्यकर्मीहरूको व्यवहार, औषधीको उपलब्धता र अस्पतालका अन्य सेवाहरूको गुणस्तरबारे जानकारी लिनुभयो । बिरामीहरूले अस्पतालको फार्मेसीमा सबै प्रकारका औषधी उपलब्ध नभएको, ओपिडी टिकट काट्ने काउन्टरमा बढी भिडभाड रहेको र चिकित्सकहरूले ओपिडीमा पर्याप्त समय नदिएको गुनासो गरे ।

मन्त्री यादवले बिरामीका गुनासाहरूलाई तत्काल सम्बोधन गर्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. एनामुल हकलाई निर्देशन दिनुभयो । उहाँले फार्मेसीमा औषधीको व्यवस्थापनका लागि मन्त्रालयसँग बजेट माग गर्न र ओपिडी सेवाका लागि टिकट काउन्टर थप्दै सो स्थानलाई वातानुकूलित बनाउन पनि निर्देशन दिनुभयो ।

अनुगमनपछि मन्त्री यादवले अस्पताल विकास समितिका सदस्य, मेसु, चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरूसँग छलफल गर्नुभयो ।

मेसु डा. हकले भवन पुरानो हुँदा बिरामीहरूको उपचारमा समस्या आएको बताउँदै, अधिकांश भवनहरूको अवस्था जर्जर रहेको र वर्षायाममा पानी चुहिँदा उपचारमा कठिनाइ आउने समस्या रहेको जानकारी दिनुभयो ।

डा. हकले नारायणी अस्पताल ३५० बेडमा स्तरोन्नति भएको वर्षौँ बितिसक्दा पनि कर्मचारी दरबन्दी १०० बेड अनुसारको नै रहेको बताउँदै जनशक्ति अभावका कारण अपेक्षित ढङ्गले सेवा प्रवाह गर्न नसकेको बताउनुभयो । उहाँले बेड अनुसारको दरबन्दी कायम गर्न आग्रह गर्नुभयो । साथै, क्वाटर, मेसिनरी, र अन्य पूर्वाधारको अभाव समेत रहेको जानकारी दिनुभयो ।

मन्त्री यादवले अदालतमा विचाराधीन रहेको अस्पताल भवन निर्माणको मुद्दालाई फास्ट ट्र्याकमा सम्बोधन गर्न पहल गरिरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री र कानुन मन्त्रीसँग भेटेर मुद्दाको फैसला चाँडै गर्न आग्रह गरेको र फैसला भएसँगै भवन निर्माणको काम द्रुतगतिमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री यादवले अस्पतालको पूर्वाधार विकासदेखि औषधि उपकरण खरिदका लागि मन्त्रालयबाट विभिन्न प्याकेजहरू घोषणा गरेको जानकारी दिनुभयो ।

उहाँले समग्र देशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि पूर्व स्वास्थ्य मन्त्रीसँग सहकार्य गर्दै विज्ञहरूको सुझाव अनुसार काम गरिरहेको बताउनुभयो ।

मन्त्री यादवले मेसु डा. एनामुल हकलाई अस्पतालका विद्यमान समस्याहरूको सूची तयार पारेर मन्त्रालयमा पेश गर्न निर्देशन दिनुभयो । ‘मेसु सा’ब, समस्याहरूको सूचीसँगै तत्काल, मध्यकालीन र दीर्घकालीन समाधानका उपाय सहितको एउटा रिपोर्ट तयार पारेर मन्त्रालयमा आउनुहोस्,’ उहाँले भन्नुभयो, ‘बजेट व्यवस्थापन मेरो जिम्मामा छ । के गर्नुपर्छ गर्छु तर नारायणी अस्पतालमा सुधार हुन्छ ।’

अनुगमनमा सहभागी बिरगंज  महानगरपालिकाका मेयर राजेशमान सिंहले नारायणी अस्पतालको स्तरोन्नतिलाई आफ्नो प्रमुख एजेण्डा बनाएर काम गर्न मन्त्री यादवसँग आग्रह गर्नुभयो । उहाँले सोका लागि आवश्यक सम्पूर्ण सहयोग बिरगंज महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मेयर सिंहले कर्मचारी क्वाटर निर्माणका लागि जग्गा उपलब्ध गराउने घोषणा गर्दै भन्नुभयो, ‘मन्त्रीज्यूले बजेटको सुनिश्चितता गर्नुहोस्, क्वाटर र अन्य पूर्वाधार निर्माणका लागि जग्गा महानगरपालिकाबाट म उपलब्ध गराउँछु ।’

अनुगमनमा अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ता, पूर्व प्रदेश सभा सदस्य जनत अन्सारी लगायतका व्यक्तिहरूको पनि सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...