मन्त्री यादवले गरे छ्पकैया स्थित ढलान सडक तथा नालाको उद्घाटन

Date:

अजित कुमार भुजेल , बिरगंज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले बिरगंजमा ढलान सडक तथा नालाको उद्घाटन गर्नुभएको छ ।

बिरगंज महानगरपालिका वडा न. २ मा निर्मित ढलान सडक तथा नालाको स्वास्थ्य मन्त्री यादवले मङ्गलवार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

उद्घाटन पश्चात् कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले सडक र नाला निर्माणसँगै उक्त क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि खेप्दै आएको सास्तीको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय वासीहरूको जनचाहना अनुसार काम गर्ने क्रममा सडक र नाला निर्माण भएको छ । सडक नहुँदा स्थानीय वासीलाई धेरै समस्या भइरहेको थियो । अब त्यसको अन्त्य भएको छ ।’

मन्त्री यादवले सडक र नाला निर्माणले वडासँगै बिरगंज महानगरपालिकाको समृद्धिमा पनि ठूलो टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्री यादवसँगै जनता समाजवादी पार्टीका नेता कार्यकर्ता र स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा बारा अधिवेशन :जिल्ला सचिबमा सन्नि जैसवालको उमेदवारी घोषणा

पर्सा पोस्ट , जेष्ठ २४ गते , बारा । राष्ट्रिय...

प्रेम , नम्रता र सम्बन्धको महत्वबारे बिमल सरार्फका विचार

पर्सा पोस्ट , जेष्ठ २४ गते , रक्सौल, पूर्वी...