प्रहरी चौकि ईनर्वाले आयोजना गरेको रक्तदान कार्यक्रममा २ महिला सहित १३१ जनाले गरे रक्तदान

Date:

प्रहरी चौकी इनर्वा बिरगंजको आयोजना तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया तथा बिरगंज वडा नं २ र वडा नं १६ को सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपालको मुख्य प्रवेशद्वार शंकराचार्य गेटमा संचालित खुल्ला रक्तदान कार्यक्रममा २ महिला सहित १३१ जनाले रक्तदान गरेका थिए ।

रक्तदान जिवनदानको नारा सहित गर्मीको समयमा रक्तदान कार्यक्रममा रगतको अभाव देखिएकोले अस्पतालमा उपचार गराउन आउने बिरामी ब्यक्तिहरुलाइ सहयोगको भावना राखेर शनिबारका दिन खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको इनर्वा प्रहरी चौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक एवं कार्यक्रम  संयोजक तेजप्रताप सिहले जानकारी दिनुभयो ।

रक्तदान गर्नु हुनेहरुमा अनिषा गौतम , सिता क्षेत्री , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक भारति , वडा न.२ का वडा अध्यक्ष मोहम्मद रेयाज मिया तेलि , वडा सदस्य बसिर मिया हजाम , सन्चारकर्मि राकेश साह  गौढ , राजेन्द्र भट्टराई , उमेश लामा , सन्दिप साह , राजेश दुबे , बिकास कुमार गुप्ता , मनिष कुमार सिंह , बिबेक पान्डे , बिर बहादुर प्रसाद यादव , प्रदिप कुमार यादव , सन्दिप श्रेष्ठ , अलि अख्तर , ईमरान आलम , सौकात अलि , ईमरान हवारि , राम बहादुर साह कानु , भुलन कुमार ठाकुर , उमेश कुमार साह , श्यामसुन्दर कुमार यादव , अनिल कुमार यादव , सन्दिप यादव , सुरज सरार्फ लगायतले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल , विशिष्ठ अतिथी प्रहरी नायब उपरीक्षक दिपक भारति , केशव न्यौपाने , वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भास्कर खतिवडा , वडा नं २ का वडा अध्यक्ष महम्मद रियाज मिया तेलि ,वडा नं १६ का वडा अध्यक्ष पशुराम चौरसिया , सामुदायिक सेवा केन्द्र छ्पकैया-२ का अध्यक्ष हाजि ग्यासुदिन ठकुराई , नेपाली काङ्ग्रेसका नेता एवं समाजसेबि प्रकाश उपाध्याय  , सामुदायिक आखा अस्पतालका डा. महेश सिंह धामि , बिरगंज युवा समाजका सस्थापक अध्यक्ष कमल चौगाई , बिरगंज महानगर पालिकाका जनसम्पर्क कार्यालयका सन्योजक नवराज फुयाल , अखिल नेपाल पिछडाबर्ग महासंघ ( OBC) का केन्द्रिय उपाध्यक्ष अकलेश साह ,   रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तव , बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह , अभिभावक संघ पर्साका अध्यक्ष सन्दिप साह , समाजसेवी राजेन्द्र भट्टराई , युवा नेता हुकुम सिंह राजपुत , अभिलास गुप्ताको सहभागीता  रहेको  थियो ।

कार्यक्रममा रक्तदाताहरुलाई  प्रमुख अतिथी तथा विशिष्ट अतिथिको हातबाट प्रमाणपत्र वितरण गरिएको थियो।

सो कार्यक्रममा प्रहरी,युवा,पत्रकार एवं रक्तदाताहरुको उल्लेखनीय उपस्थिति  रहेको थियो भने रक्त सन्चार केन्द्र बिरगंजकि दिलमाया घिमिरेको प्राबिधिक टोलिले प्राबिधिक सहयोग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...