अजित कुमार भुजेल , बिरगंज । बिरगंज पब्लिक कलेजले पहिलो पटक मधेस प्रदेशमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।
जुन ७ र ८ तारिखमा हुने ” व्यापार , व्यवस्थापन र अर्थशास्त्रमा समकालीन प्रवृत्तिहरु “, बिषयक दुई दिने राष्ट्रिय सम्मेलन बिरगंजमा सम्पन्न गरेको छ ।
बिरगंज पब्लिक कलेजको बुद्ध ईन्क्युबेशन भवनमा जुन ७ गते शनिबार पहिलो दिन कार्यक्रमको उद्घाटन डा. प्रेम नारायण अर्यालले पानसमा बत्ति बालेर शिक्षाको देबि सरस्वतीको मुर्तिमा अबिर फुल चढाएर गर्नु भएको थियो ।
कार्यक्रमका बिशिस्ट अतिथि भारतका महाबाणिज्य दूत डि. एस. मिनाले सर्वप्रथम बिरगंज पब्लिक कलेज २५ औं बर्ष पुरा गरेकोमा बधाई तथा सुभकामना दिदै व्यापार , व्यवस्थापन र अर्थशास्त्रमा यो पहिलो राष्ट्रिय सम्मेलनको आयोजना गरेकोमा कलेजलाई धन्यवाद दिदै यस राष्ट्रिय सम्मेलनको उदेश्य विद्यार्थीहरुलाई वर्तमान व्यापार वातावरण र चुनौतीहरुको बारेमा सचेत गराउनु रहेको हो ताकि उनीहरु यि चुनौतीहरुको सामना गर्न तयार हुन सकुन् भन्दै सन्सारभरि धेरै नया घटनाहरु छन ,जसले नेपाल सहित सबै ठाउमा व्यापार व्यवस्थापन र अर्थशास्त्रमा उल्लेखनीय प्रभाव पारेको बताए ।
यस्ता घटनाक्रमहरुले अन्तत व्यापारीक प्राथमिकताहरु , अवसरहरु र प्रदर्सनहरुलाई असर पार्ने भन्दै बिश्वव्यापि व्यापार व्यवस्थापनसङ्ग सम्बन्धित समस्याहरुलाई बहुराष्ट्रिय निगमहरु वा व्यवसायहरुको प्रदर्शन र उत्पादकत्वमा नकारात्मक प्रभाव पार्ने बताउदै क्षेत्रीय र राष्ट्रिय आर्थिक , अनिश्चितता र बजार र उपभोक्ता व्यवहारमा आएको परिवर्तनको सामना गरिरहेको भन्दै टेक्नोलोजीले हामिले व्यवसाय गर्ने र जानकारी व्यवस्थापन गर्ने तरिकालाई परिवर्तन गर्दै लैजानु पर्नेमा जोड दिनु भएको थियो ।
त्यसैगरि मधेस प्रदेश बिश्वबिधालयका उपकुलपति प्रोफेसर डा. दिपक शाक्यले यो यस्तो सम्मेलन र मञ्च हो जहा विभिन्न विद्वानहरु , शोधकर्ताहरु , शिक्षाबिदहरु मिलेर आआफ्ना बिचारहरु राख्छन् , आफ्ना बिचारहरु स्वीकार गर्छन् र कुनै पनि समस्याको केहि फलदायी परिणामका साथ समापन हुने यो सम्मेलनको उपलब्धि हो भन्दै नेपाल गरिब छ यसकारण कि हामिले हाम्रो ईकोसिस्टमलाई सबैभन्दा ठुलो र राम्रो प्रभावणिय प्रबन्धनमा रुपान्तरण गर्न सक्दैनौ, भुपरिवेस्टित देशका कारण नेपाल गरिब छैन । दिमाग अवरुद्ध भएकोले नेपाल गरिब भएको बताउनु भयो ।
<span;>बजेटको कुरा गर्दा यहा ठुलो बजेट छ । तर बजेटको लगभग ६२ प्रतिशत भन्दा माथिको तत्व हाम्रो प्रशासन हो।केवल हामि तलब , अन्य प्रशासनिक खर्च ६२ प्रतिशतको लागि भुक्तान गर्ने गरेका छौ ।
केहि बिन्दुहरु हामि गिरावट पुजी बिकास परियोजनामा छौ र ९० प्रतिशत हाम्रो बित्तिय हो।त्यो ऋण हो जुन हामि आन्तरिक वा बाह्य स्रोतहरुबाट ऋण लिन्छौ र त्यसको ब्याज तिर्नु पर्छ र १९ प्रतिशत बिकास बजेट मात्र भएको जानकारी दिनुभयो ।
त्यसैगरि प्रोफेसर डा. शाक्यले नेपाल कृषि प्रधान देश भन्छौ , ६८ देखि ७० प्रतिशत कृषिमा आधारित छन् तर पनि ९०प्रतिशत कृषि उत्पादन हामीले निर्यात गर्नु पर्छ भने हामि कसरी भन्न् सक्छौ कि हामि कृषिमा आधारित देश हौ भनेर उल्टै प्रश्न गर्नु भयो ।
त्यसैगरि उद्योग बाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानिले पहिले र अहिलेको बिजनेसमा धेरै फरक भएको र नया नया प्रबिधिहरुको बिकास भैइ सकेकोले अबका दिनहरुमा नया उत्पादन भन्दा बढी पुराना पुराना सामानहरुको खरिद बिक्रि भैइ रहेको र त्यो पनि काम नलाग्ने अवस्थामा फेरि त्यसलाई पुन प्रयोगमा ल्याउन सकिने प्रबिधि आई सकेको जापानको उदाहरण समेत दिनु भएको थियो ।
सो कार्यक्रममा प्रोफेसर डा. बिजु कुमार थपलिया , प्रोफेसर डा. दिपक शाक्य , प्रोफेसर डा. महानन्द चालिसे , डा. सुरेन्द्र महतो , भारतीय महावाणिज्य दूत डि. एस. मिना , उद्योग वाणिज्य महासंघ मधेस प्रदेश अध्यक्ष अशोक टेमानि , बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल , वरिष्ठ उपाध्यक्ष हरि गौतम , उपाध्यक्ष माधव राजपाल , बिरगंज पब्लिक कलेजका युगल किशोर साह , हरिरत्न तुलाधर , बासु कर्ण , यात्रा डेलि कमका सन्चालक राम सरार्फ , पर्सा पोस्ट डट कमका सन्चालक अजित कुमार भुजेल , अन्कुश दैनिकका सम्बादाता संतोषमान सिंह , जनभन्डाफोर दैनिकका सम्बादाता जगत राई , कारोवार दैनिकका पर्सा सम्बादाता निरज पिठाकोटे मगर , आनन्द पटेल , राकेश साह , आरोहण साह लगायतको सहभागीता रहेको थियो ।
स्वागत मन्तव्य कलेजका नेहा अग्रवालले र कार्यक्रम सन्चालन कलेजका महेस्वर हाडा र अरबिन्द श्रेष्ठ सन्युक्त रुपमा गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता कलेजका प्रिन्सिपल डा. बिनय श्रेष्ठले गरेका थिए ।