गाउपालिका अध्यक्ष जसवन्त यादवद्वारा महुवनमा रेडक्रस भवनको शिलान्यास

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालीका वार्ड नं ५ महुवनमा रहेको नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको कार्यालय भवनको शिलान्यास सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष जसवन्त यादवद्वारा सम्पन्न भएको छ ।

शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष यादवले आफु मानविय सेवाको काममा जहिले पनि अगाडी रहने बताउनु भयो । शाखाको भवन बने पछि मानवीय सहायताको काममा अझ सहज हुने भएकोले यस पुन्यको काममा सवैसंग आग्रह गर्नु भयो ।

शिलान्यास कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सदस्य शिवनाथ यादवले संघियता पछि विपत व्यवस्थापको जिम्मेवारी पनि स्थानीय सरकारमा रहेकोले विपत व्यवस्थापनमा अझ सक्रिय रुपमा लाग्न आग्रह गरेका थिए ।

अव स्थानीय स्तरमा रक्तदान कार्यक्रमको आयोजना गर्न तथा विपतको तयारीमा यो भवन सहयोगी हुने बताए । पालिकाले रेडक्रमको भवन निर्माण कार्य अगाडी बढाएकोमा जिल्ला शाखाको तर्फबाट धन्यवाद समेत दिए ।

नेपाल रेडक्रस सोसाइटीको उपशाखा महवुनका सभापति जदु साहको अध्यक्षतामा भएको कार्यक्रममा  कार्यपालिका सदस्य महादेव शाह, समाज सेवी बिपिन रौनियार, गौरी यादव, झोटी शाह, कन्हैया शाह, राजेश दहैत लगायतको उपस्थिति रहेको थियो ।

सो भवन सखुवा प्रसौनी गाउँपालीकाको  २५ लाख बजेट सहयोगमा भुई तल्लामा दुई वटा कोठा  र माथी हल बन्न लागेको जदु साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...