बिरगंजकि चेलि सनम श्रेष्ठ २६औं एसियन युथ चेस च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुन काजकस्तान जाने

Date:

अजित कुमार भुजेल , बिरगंज ।बिरगंजको मुनलाईट इङलिस बोडिङ्ग स्कुलको कक्षा ९ मा अध्ययनरत छात्रा सनम श्रेष्ठ नेपालबाट एकल प्रतिनिधित्व गर्दै चेस प्रतियोगिता खेलमा भाग लिन  काजकस्तानको अलमाटी जाने भएको छ ।

यहि जुन ९ देखि २१ तारिख सम्म चल्ने २६ औं  एसियन युथ चेस च्याम्पियनसिप प्रतियोगितामा ३५ देशबाट विभिन्न प्रतिस्पर्धिले प्रतिस्पर्धा गर्ने छ , जसमा बिरगंजकि चेलि सनम श्रेष्ठले  नेपालबाट एकल प्रतिनिधित्व गर्दै सो प्रतियोगितामा सहभागी हुन जान लागेकोले स्कुलले उहाको हौसला बढाउन आज एक कार्यक्रमको आयोजना गरि प्रोत्साहन स्वरुप अग्रिम बधाई तथा जितको सुभ कामना प्रमुख अतिथि बिरगंज महानगर पालिकाका मेयर राजेश मान सिंहले दिनु भएको थियो ।

सो कार्यक्रममा अग्रिम बधाई तथा  सुभकामना दिनेहरुमा बिरगंज युवा समाजका सस्थापक अध्यक्ष कमल चौगाई , युवा नेता ईस्वर चन्द यादव , वडा न.५ का महिला वडा सदस्य सन्जु दाहाल,बिनोद पटेल , कुम्हालटोल सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु , स्कुलका शिक्षक शिक्षिकाहरु , सन्चारकर्मिहरु रहेका थिए ।

मुनलाईट इङलिस बोडिङ्ग स्कुलका प्रधानाध्यापक श्याम केसिको सभापतित्वमा भएको सो कार्यक्रमको सन्चालन उज्वल घिमिरेले र स्वागत मन्तव्य स्कुलका निर्देशक सुलभ केसिले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...