प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पुरस्कार समारोहमा पर्साका दुई पत्रकार सम्मानित

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रेस सेन्टर नेपाल पर्साको आयोजनामा शनिबार बिरगंजको होटेल बृदावनमा  स्व.कृष्णसेन स्मृति दिवसको अवसर पारेर दुईजना पत्रकारलाई पुरस्कृत गरिएको छ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा बारा इञ्चार्ज कृष्ण उदास खनाललाई कृष्णसेन स्मृति सम्मान पुरस्कार र प्रेस सेन्टर नेपाल पर्साका सदस्य राम मण्डललाई प्रेस सेन्टर नेपाल पर्सा क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज नीरज पिठाकोटे मगरले जानकारी दिनुभयो ।

पुरस्कृत हुने दुवैजनालाई प्रमाणपत्र तथा जनही २१/२१ हजार नगद राशि बराबरको चेक हस्तान्तरण नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान र पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले गरेका थिए ।

त्यसैगरि प्रेस सेन्टरका सस्थापक सदस्य सुदर्शन राज पान्डे , गोबिन्द देवकोटा , जगत राई र दिपक गौतमलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मानित गरेको थियो ।

प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, सहायक प्रमुख जिल्ला अधिकारी उत्तम कुमार घिमिरे , सशस्त प्रहरीका प्रहरी उपरिक्षक राधेश्याम धिमाल, बिरगंज  उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, नेपाल बार एसोशियसन पर्साका कमल मोहन पोखरेल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज नीरज पिठाकोटे मगर, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का , प्रेस युनियनका केन्द्रिय सदस्य निलिमा पौडेल , पर्साका उपाध्यक्ष अलि अस्गर , श्रीराम रायमाझी , समाजवादी प्रेसका केन्द्रिय सदस्य मनोज पटेल ,  पर्सा अध्यक्ष सम्भु कुमार सुमन ,  वान मधेस प्रदेश सन्योजक आशिक अन्सारी , बिरगंज युवा समाजका पुर्व अध्यक्ष कमल चौगाई , व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिप राज कार्कि , सामुदायिक आखा अस्पतालका डा. महेश सिंह धामि ,  लगायत पर्सेली सञ्चाररकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

स्वागत मन्तव्य सेन्टरका केन्द्रिय सदस्य निरज पिठाकोटे मगरले र कार्यक्रम सञ्चालन प्रेस सेन्टर नेपाल पर्साका सचिव शिवनाथ यादवले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...