महानगर प्रमुख सिंहले गरे वडा न.१२ स्थित स्वास्थ्य चौकिको शिलान्यास

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वडा नं. १२ मुर्ली पोखरी परिसरमा निर्माण हुन लागेको वडा स्वास्थ्य चौकीको शिलान्यास गर्नु भएको छ ।

आगामी अषाढ मसान्तभित्रै निर्माण सम्पन्न गरिसक्ने गरि सुरु भएको वडा कार्यालयको सोमबार एक कार्यक्रमका बीच प्रमुख सिंहले शिलान्यास गर्नुभएको हो ।

वडा स्वास्थ्य चौकी भाडामा संचालन गर्नु पर्दा निकै कठिनाई भइरहेकाले महानगरपालिकाले स्वास्थ्य चौकी निर्माणको काम अघि बढाएको हो ।

स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै महानगर प्रमुख सिंहले गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको पहुँचमा सहज रुपमा पुर्याउन आफ्नै भवन निर्माणको काम अघि बढाइएको उहाँले बताउनुभयो।

उहाँले निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन पनि दिनुभयो ।

महानगरपालिकाले मुर्लीमा ८६ लाख ३६ हजार ६ सय ९६ रुपैयाँको लागतमा निर्माण गर्न लागेको स्वास्थ्य चौकीको ठेक्का दिब्य सूर्योदय आस्था जे.भि.ले सकार गरेको छ ।यही असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी कम्पनीले टेन्डर सकार गरेको हो ।

शिलान्यास कार्यक्रममा वडा नं. १२ का वडाध्यक्ष सुरेश प्रसाद गुप्ता, वडा नं. ५ का वडाध्यक्ष प्रदीप चौरसिया, वडा नं. २३ का वडाध्यक्ष अवधकिशोर प्रसाद कुशवाहा, महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...