फुड सप्लीमेन्ट एवं कस्मास्टिकल्स (FANCAN) व्यवसायीहरुको केन्द्रिय महाधिवेशन सम्पन्न , अध्यक्षमा पुन सुरेन्द्र मानन्धर निर्बिरोध चयन

Date:

अजित कुमार भुजेल , बिरगंज । फुड सप्लीमेन्ट एवं कस्मास्टिटकल्स ( FANCAN ) ब्यबसायीहरुको केन्द्रीय महाधिबेशन सम्पन्न भएको छ ।

बिरगंज वडा न.११ स्थित शाह दरबार पार्टी प्यालेसमा शनिबार  देशभरिका फुड सप्लीमेन्ट एवं कस्मास्टिकल्स  आयातकर्ता व्यवसायीहरुकोे संस्थाको चौथो महाधिबेशनमा ५ सय भन्दा बढीको सहभागिता रहेको थियो ।

महाधिबेशनको उद्घाटन पर्साका  प्रतिनिधि  सभाका माननीय सांसद तथा पुर्ब वन तथा वातावरण मन्त्री प्रदिप यादबले गर्नु हुँदै संस्थाको लागि आवश्यक कानूनी जटिलता अन्त्य गर्न आफुले कुनै कसर बाँकी नराख्ने गरि अघि बढ्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका निर्देशक मतिना जोशी बैद्यले आफ्नो तहबाट यो संस्थालाई आवश्यक सकारात्मक सहयोग गर्न तत्पर रहेको धारणा राख्नुभएको थियो ।

संघको संस्थापक अध्यक्ष राकेश मणी त्रिपाठीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन समारोहमा अधिबेशन सफलताको शुभकामना मन्तब्य राख्नुहुनेहरुमा सस्थाका बर्तमान अध्यक्ष सुरेन्द्र मानन्धर , डा. मनोज गुप्ता, नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिब श्याम बन्जारा, शम्भु यादब, साहिना सिँह, ताजुबुद्दिन अन्सारी, राम गोसाई लगायतले सस्थाको सफलताको सुभकामना दिएका थिए ।

गौरब  श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा उद्घाटन समारोहपछि बसेको  बन्द सत्रले बिगतको कामको समिक्षा गर्दै निर्बिरोध नयाँ कार्य समिती समेत गठन गरेको छ ।

सो अधिबेशनले पुन सुरेन्द्र मानन्धरलाई अध्यक्षमा चयन गरेको छ । त्यस्तै बरिष्ठ उपाध्यक्षमा शम्भु यादब, उपाध्यक्षमा भिम बिष्ट, दिपेश जंग शाह , महासचिबमा  गौरब श्रेष्ठ, सचिबमा गौरब बर्मा, गोपाल बहादुर जिसी, कोषाध्याक्षमा प्रदिप महतो, सहकोषाध्यक्षमा रामदिन तेली र सदस्यहरुमा प्रतीक शाही, बिरेन्द्र पटेल, बिन्देश्वर प्रसाद पाण्डे, बिनायक राज पाण्डे, भुबन प्रसाद जोशी, सुवर्ण पोखरेल सर्वसम्मतबाट चयन भएको र  बाकी दुइ सदस्य भने अध्यक्षले पछी मनोनित गर्ने मानन्धरले जानकारी दिनुभयो ।

महाधिबेशनको बन्द सत्रमा कस्मास्टिकल्सको सन्दर्भमा औषधी ब्यबस्था बिभागले बेला बखत सृजना गर्ने गरेको जटिलताको बारेमा समेत गम्भिर रुपमा कुरा उठेको थियो । फुड सप्लीमेन्ट र कस्मास्टिकल्सका ब्यबसायीहरुको बीचमा समन्वय गरेर ब्यापार बिस्तार एवं रोजगारी सृजना र उत्पादन, बितरण र उपभोग्यताको सवालमा समेत गम्भिर रुपमा छलफल भएको कुरा संघका सदस्य सुदिल दुलालले जानकारी गराउनु भएको थियो  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...