नेशनल मेडिकल कलेज बिरगंजमा छापामारी , म्याद गुज्रिएको केमिकल ठुलो मात्रामा बरामद , प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख सन्जय साह पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । स्वास्थ्य माथी गम्भीर खेलवाड गर्दै आईरहेको भन्ने उपभोक्ताको उजुरी आधारमा सोमबार नेशनल मेडिकल कलेज बिरगंजमा छापामारि गरेको थियो ।

वीरगंज महानगरपालिकाको बजार ब्यवस्थापन समितिको संयोजक तथा उप प्रमुख इम्तियाज आलमको निर्देशनमा बजार ब्यवस्थापन  समितिको अनुगमन  नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेको थियो ।

अनुगमन गर्ने क्रममा मेडिकल कलेजको ल्याब प्रयोगशालामा ७०% म्याद नाघेंका केमिकलहरु प्रयोग गरिहेको अवस्थामा भेटिएको हुदा वीरगंज नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक साहनवाज अंसारी तथा प्रयोगशाला प्रमुख संजय साहलाई अनुगमन पश्चात पक्राउ गरिएको थियो ।

अनुगमनमा वीरगंज महानगरपालिका कार्यापालिका सदस्य कन्हैया ठाकुर, खाद्य अधिकृत विपिन कुमार लाल दास ,  उद्योग वाणिज्य संघ कार्यालय वीरगंजका मनोज दास, घरेलु तथा साना उद्योग कार्यालयका सन्जय महतो , होटल व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त , वडा प्रहरी कार्यालय विर्ताका प्रहरी सहायक निरीक्षक बृजकिशोर प्रसाद यादव , बाणिज्य कार्यालय बिरगंजका दिलिप खंग ,  सशस्त्र प्रहरी बल १३ नं.  गण हे.क्‍वा, का वीर बहादुर लामा , पत्रकार रंजीत कुमार , जिल्ला प्रशासन कार्यालय पर्साका  ब्रह्‍मदेव प्रसाद यादव, बिरगंज महानगर पालिकाका प्रतिनिधि शिवराम मण्डल ,राजन कुमार क्षेत्री ,  सुजित कुमार श्रीवास्तव , चितरँजन महतो कमकर , औषधी व्यवस्था विभागको कार्यालय वीरगंजकाल  ओम जयसबाल , पत्रकार राजन रौनियार ,  युवराज खडका , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल लगायतको टोलि रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...