नया बर्ष र ईदको अवसरमा बिरगंज महानगर पालिकाद्वारा रात्रि बजार लगाउने तयारी

Date:

अजित कुमार भुजेल , बिरगंज ।नयाँ वर्ष र ईदको अवसर पारेर बिरगंज  महानगरपालिकाले ‘रात्रि बजार’ लगाउने तयारी गरेको छ ।

यही चैत २९ गते बेलुकादेखि २०८१ वैशाख १ गते मध्यरातिसम्म तीन दिन बिरगंजको आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्मको क्षेत्रमा ‘रात्रि बजार’ लगाउने तयारी महानगरपालिकाले गरेको हो ।

गएको वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई यस वर्ष पनि निरन्तरता दिन नयाँ वर्षको अवसर पारेर पुन रात्री बजार लगाउन लागिएको महानगरका मेयर राजेशमान सिंहले जानकारी दिनुभयो।

सिंहका अनुसार, रात्रि बजारले सुस्ताएको बिरगंजको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्याउने अपेक्षा छ ।

रात्रि बजारको समयमा भारतीय पर्यटकहरुलाई लक्षित गरि भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका बिरगंज नाका रातभर खुला रहने पनि मेयर सिंहले बताए।

सामान्यतया बिरगंजका नाका राति १० बजेपछि बिहान ५ बजेसम्म नेपाल र भारत दुवैतर्फबाट बन्द रहने गरेको छ । तर रात्रि बजार लाग्ने समयावधिभर आवतजावत गर्न सहज होस् भनेर रातभर खुला गर्ने उनले बताए ।

‘रात्रि बजार’ मा विभिन्न ठाउँका विशेष खानाका परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुँडा लगायतका सरसामानका स्टलहरु राखने मेयर सिंहले जानकारी दिए ।

ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन र फोरजिआर जस्ता संस्थासँगको सहकार्यमा ‘रात्रि बजार’ लगाउने तयारी गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले जानकारी दिए ।

र ईदको आदर्शनगर चोकदेखि कैलाश चोक र त्यहाँबाट पुरानो बसपार्कसम्मको क्षेत्रमा करिब एक सय स्टल लगाउने गरी आवश्यक तयारी गरिएको र स्टल बुकिङको काम समेत अघि बढाइएको ग्रिन सिटी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...