ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा आगजनीबाट बच्न र बचाउन जनचेतनामूलक पर्चा पम्पलेट बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । ग्रीनसिटी सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा आदर्शनगरको आयोजनामा आगलागीबाट बच्न र बचाउन उपाय बारे जनचेतनामूलक पर्चा पम्पलेट बितरण गर्नुको साथै होटल पसलमा गैइ सो सम्बन्धमा सम्झाई बुझाई कार्यक्रम सम्पन्न गरेको थियो ।

आदर्शनगर चौकमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी समुदायिक सेवा केन्द्र तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र  जिल्ला ट्राफिक प्रहरी कार्यालय  वीरगंज पर्साको उपस्थितिमा सोमबार  आगजनी  सम्वन्धि जनचेतनामुलक  कार्यक्रम ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा बिभिन्न होटलहरू, पैदल यात्री सवारी चालक र सवारी यात्रीहरु गरी अन्दाजी जम्मा १०७ जनालाई सम्झाई बुझाई तथा पर्चा पम्प्लेट समेत वितरण गरी उक्त कार्यक्रम सम्पन्न  गरेको अध्यक्ष खेतानले जानकारी दिनुभयो ।

सो कार्यक्रममा  ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका उपाध्यक्ष संजय शर्मा ,  ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी वरिष्ठ हवल्दार बिबेक राउत कुर्मी , प्रहरी हवल्दार  प्रेम राम , प्रहरी हवल्दार राहुल पाठक , प्रहरी जवान पुर्ण कुमारी श्रेष्ठ , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका  प्रहरी हवल्दार नबिन कुमार पटेल लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...