अजित कुमार भुजेल , बिरगंज । आज महाशिवरात्रिका दिन बिरगंज महानगर पालिका वडा न.२ छ्पकैया स्थित श्री सन्सारिमाई मन्दिरको प्राङ्गणमा आराध्यदेव महादेवको पूजा आराधना सहित शिवको धुनी बाली प्रसाद समेत बितरण गरि धुमधामका साथ मनाएका थिए ।
छ्पकैया नेपाली समाजको आयोजनामा शुक्रबार आराध्यदेव महादेवको पूजा आराधना सहित शिवलाई चढाइने शिबरात्रीमा भांङ धतुरोको परम्परा सहित फलफुल, नैवेद, पन्चामृत, हलुवालाई प्रसादी मानेर शिबजिको पुजा गरिएको थियो ।
छ्पकैया स्थित सन्सारीमाई मन्दिरमा भगवान दुर्गा माताको मुर्ती लगायत अन्य १२ वटा भगवानको मुर्ति समेत रहेको यो पर्सा जिल्ला कै पहिलो मन्दिर हो।
यस मन्दिर भित्र गणेश जि , सुर्य भगवान , बिष्णु भगवान , भोलेबाबा, दक्षिणकाली माता, भैरब भगवान , मनकामना माता, सरस्वती माता सिताराम , राधाकृष्ण , लक्ष्मी माता र बजरंग बलि गरि १२ भगवानको अलग अलग मुर्ति रहेको छ ।
एकै ठाउमा सबै भगवानको मुर्ती सहितको यो मन्दिर पर्सा जिल्ला भरी अरु कतै नभएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं स्थानीय प्रदीप राउत कुर्मीले बताउनु भयो। प्रचारप्रसार नहुनु र वडा र स्थानीय सरकारले बेवास्ता गर्दा यो ओझेलमा परेको र यस मन्दिरको सौन्दरियकरण गर्न बिरगंज महानगर पालिकालाई समेत आग्रह गर्दछु कुर्मीले बताए।
हिन्दु धर्मावलम्बीहरुले हरेक बर्ष मनाउदै आईरहेको शिवरात्रि पर्वमा आफ्नो धर्म संस्कृतिप्रति श्रद्धाभाव झल्काउदै शिव धुनीको आयोजना गरि भक्तालुजनहरुलाई प्रसादको रुपमा खिर समेत बितरण गरिएको थियो ।
महादेवको पूजा आराधनाका लागि मन्दिरमा स्थानीय भक्तजनहरुको भीड लागेको थियो । नदिमा स्नान गरी शुद्ध भई बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना फागुण कृष्ण चतुर्दशीका दिन मनाइने गर्दछ ।
छपकैया नेपाली समाजका अध्यक्ष धिरज कुमार शर्माको अध्यक्षतामा भएको सो शिवपुजा एवं प्रसाद बितरण कार्यक्रममा समाजका सल्लाहकार लक्ष्मण थापा , सचिव अजित कुमार भुजेल , सदस्य प्रकाश कुमार शाह, सुनिल सुवेदी , सम्भु बहादुर थापा क्षेत्री , बिजय पौडेल , निराजन शर्मा , दिपेश शर्मा , सागर शाह ठकुरी , लक्ष्मण उपाध्याय , वडा समिति वडा न.२ कि महिला सदस्य संगीता थापा,महिमा शर्मा , संगीता भट्ट , सुशिला सुवेदी , दिपिका दाहाल , सुरेश रेग्मी लगायतकाको सहभागिता रहेको थियो ।