अजित कुमार भुजेल , बिरगंज । ब्राह्मकुमारी राजयोग सेवा केन्द्र बीरगंजले आज शिवरात्रीको अवसरमा शिवध्वजरोहण तथा बृहत् शान्ति पदयात्रा एवम् निशुल्क आँखा चेकजाँच र मधुमेह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
ब्राह्मकुमारी राजयोग सेवा केन्द्र छपकैयाका क्षेत्रीय संचालिका रबिना दिदीको अध्यक्षता तथा मधेस प्रदेशका सभा सदस्य प्रमोद जैसवालको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि जैसवालले अहिले मानवीय जीवनमा शान्ति कसरी ल्याउन सकिन्छ भन्ने सन्देश प्रवाह गरिरहेकोले आफुलाई धेरै खुशी लागेको बताए ।
यस्ता कार्यक्रमहरु नियमित हरेक ठाउँमा गर्न सके धेरै उपलब्धि हुने जैसवालको भनाइ रहेको छ। कार्यक्रममा मधेस विश्वबिधालयका उपकुलपति डाक्टर दिपक शाक्यले अहिले ओम शान्तिले समाजमा धेरै राम्रो काम गरेको बताएका छन् ।
ब्राह्मकुमारी राजयोग सेवा केन्द्रले त्रिमुर्ती शिवजयन्ती महोत्सव एवम् शिवध्वजारोहण एवम् शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजना गरिएको गोबर्धन भाइजिले जानकारी दिनुभयो।