बिरगंजमा रहेको सफल एकेडेमीको बार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनायो

Date:

अजित कुमार भुजेल,बिरगंज। बिरगंजमा रहेको सफल एकेडेमीको वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ।

बिहीबार बिरगंज महानगर पालिका वडा न.१५ स्थित बाईपास रोडमा रहेको सफल एकेडेमीका संचालक तथा प्रिन्सिपल प्रविन चौधरीको अध्यक्षता तथा बीरगंज महानगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष रमेश प्रसाद यादवको  प्रमुख आतिथ्यमा सो विधालयको वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।

वडा अध्यक्ष यादवले अहिले आफ्नो वडामा भएका निजी बिधालयहरुलाई आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग रहने प्रतिबद्धता जनाउनु भएको छ। अहिले बिधालयमा अध्यापन गरिरहेका विद्यार्थीहरुको प्रतिभा देखेर आफूलाई धेरै खुशी लागेको उनले बताएका छन् ।

उनले भने निजी बिधालयहरुले गुणस्तरीय शिक्षा संगसंगै अतिरिक्त क्रियाकलापहरु समेत बिधालयले गदै आइरहेकोमा थप यो भन्दा उत्कृष्ट कार्यक्रम तथा उच्च शिक्षा हासिल गर्ने बिधालयको रुपमा अगाडि बढन सुझाव समेत दिनु दिएका छन ।

प्रमुख अतिथि यादवले विधालयले आयोजना गरेको विभिन्न खेलकुद कार्यक्रममा विजयी भएका विद्यार्थीहरुलाई मेडल प्रदान गर्नुभएको थियो । त्यसैगरी प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राईले बिजेता विद्यार्थीहरुलाई शिल्ड प्रदान गर्नुका साथै विद्यार्थीहरुलाई बधाई समेत दिनु भएको हो ।

नर्सरी देखि कक्षा ८ सम्मका विद्यार्थीहरुले विभिन्न खेलकुदहरुमा भाग लिएको र त्यसमा प्रथम ,दोस्रो, तथा तेस्रो भएका विद्यार्थीहरुलाई शिल्ड प्रदान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य पुजा प्रधानले गरेकी थिइन् भने कार्यक्रमको संचालन लेखापाल निरन्जन  गुप्ताले गरेका थिए। कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा सास्कृतिक  कार्यक्रम समेत प्रस्तुति गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...